नयाँ सरकार गठन : यस्तो छ संवैधानिक व्यबस्था
प्रकाशित मिति : २०७४, ११ जेष्ठ बिहीबार १३:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार राजीनामा दिएपनि देशले नयाँ प्रधानमन्त्री पाउन कम्तीमा झण्डै दुई हप्ता लाग्ने देखिएको छ ।
Advertisement
प्रचण्डको राजीनामापछि राष्ट्रपतिले ‘राजनीतिक सहमतिको आधारमा’ सरकार गठनका लागि एक साताको समय दिएर आह्वान गर्ने व्यवस्था छ । संविधानको धारा २ सय ९८ को उपधारमा २ मा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचनगरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गरिएको छ ।
सोही धाराको उपधारा ३ मा सहमति कायम हुन नसकेमा व्यवस्थापिका संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधामनन्त्री निर्वाचित गर्ने व्यवस्था छ ।
एक हप्तामा राजनीतिक सहमतिको आधारमा सरकार गठन नभएमा संसद्मा बहुमतीय सरकार गठनको प्रक्रिया शुरु हुनेछ । यसका लागि राष्ट्रपति कार्यालयले व्यवस्थापिका संसद्लाई सरकार गठनको प्रक्रिया अगाडि बढाउन पत्राचार गर्नेछ ।
व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम ४९ को उपनियम २ बमोजिम सभामुखले प्रधानमन्त्रीको निर्वाचनको दिन र समय तोक्ने व्यवस्था छ । यसका लागि संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकेर निर्वाचन तालिका प्रकाशित हुनेछ ।
निर्वाचन कार्यतालिका अनुसार संसद्को कुनै सदस्यले आफूलाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी एकजना प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दिनुपर्नेछ । त्यसपछि संसद्मा प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।
यसअघि भएको ‘भद्र सहमति’ अनुसार कांग्रेस–माओवादी केन्द्रको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।
विपक्षी गठबन्धनले भने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने सम्भावना छ । एकजनाको मात्र उम्मेदवारी परेपनि संसदमा तत्काल कायम संख्याको बहुमत सिद्ध गर्नुपर्नेछ ।
सहमतीय सरकार गठनको प्रक्रियाका लागि राष्ट्रपतिले दिने एक हप्ताको समय र संसदमा प्रधामनन्त्रीको निर्वाचन प्रक्रिया पूरा गर्दा लाग्ने समय समेतको विचारगर्दा सामान्य ढंगले प्रक्रिया अगाडि बढेमा देशले नयाँ प्रधानमन्त्री पाउन जेठ २० सम्म कुर्नु पर्ने देखिन्छ ।