नमुना मतदान कार्यक्रम सम्पन्न, खसेको ४७ मत मध्ये ३ म बदर
प्रकाशित मिति : २०७४, ११ जेष्ठ बिहीबार २०:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । बाँकेको खजुरा गाँउपालिकाको वडा नम्वर ५ उढरापुर कार्यलयमा आज नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रिय निर्वाचन कार्यलय नेपालगञ्जको आयोजनामा मतदाता शिक्षा प्रभावकारी र घरदैलो सम्म पु¥याउनका लागि नमूना मतदान आयोजना गरीएको कार्यलयले जनाएको छ । पहिलो चरणको चुनाबमा बदर सङख्या धेरै भएको गूनासो आएपछि दोश्रो चरणको चुनावमा कमभन्दा कम मतपत्र बदर होस भन्ने उदेश्यका साथ नमूना मतदान आयोजना गरीएको क्षेत्रिय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले बताउनुभयो ।
आज भएको मतदान कार्यक्रममा ५० मतदाता मध्ये ४७ मत खसेको थियो । नमूना मतदान अधिकृत कृष्ण प्रसाद रोकायका अनुसार ४७ मतमध्ये ३ मत बदर भएको छ । ३ मत बदर हुनुमा मतादाता शिक्षाको कमीले गर्दा नै मत बदर भएको बताउनुभयो । रोकायले मत पत्र बदर हुनुमा ७ ठाँउमा भोट हाल्नुपर्नेमा १४ ठाँउमा भोट हालेकोले ३ वटा मतपत्र बदर भएको बताउनुभयो ।
मतदान कार्यक्रमा उपस्थित अधिकाश मतदाता संगको कुरामा भने धेरैले आफुले मतदाता शिक्षा अनुसार नै भोट गरेको बताउनुभयो । खजुरा गाउपालिकाका स्थानियहरु बताउनुहुन्छ आफुले मतदाता स्वयसेवकले जसरी सिकाउनुभएको थियो त्यसरी नै भोट हालेकोले अव आउने जेठ ३१ गतेको चुनावमा सहि तरिकाबाट आफुले मतदान प्रक्रियामा भाग लिने स्थानियहरुको विश्वास छ ।
आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत मतदाता शिक्षाका लागि कर्मचारी खटाउने र कर्मचारीहरु गाँउ, घर सम्मै पुगेर मतदातालाई शिक्षा दिने ,आयोगले स्थानीय भाषामा नै तयार पारेको श्रष्य, दृश्य सामाग्री स्थानीय सञ्चार माध्यमबाट प्रकाशन, प्रसारणमा पनि जोड दिएको छ । कार्यक्रममा निर्वाचन कार्यालय कर्मचारी, मतदाता शिक्षा कार्यकर्ता, प्रहरी र मतदाता तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।
नेपालमा २० बर्षपछी हुन आगेको स्थानिय तहको निर्वाचन अन्र्तगत दोस्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ गते निर्वाचन हुदैछ ।
Advertisement