वडा उमेदवारहरुको चयन प्रति तुलसीपुरमा काँग्रेस भित्रै युवा नेताहरुको असन्तुष्टी जाहेर
प्रकाशित मिति : २०७४, १२ जेष्ठ शुक्रबार १२:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर: नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरपालिकाका १९ वडाहरुको वडा उमेदवारहरुको चयन गरेको प्रति काँग्रेस भित्रै युवा नेताहरुले त्यसप्रति असन्तुष्टी जाहेर गरेका छन् । यस्तो असन्तुष्टि जनाउनेहरुमा पत्रकारदेखि जिल्लाको नेतृत्व गरिरहेका नेताहरु पनि छन्।
Advertisement
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन्। ‘दाङ क्षेत्र नम्बर ४ र ५मा टिकट बितरनको प्रक्रिया हेर्दा अतेन्त दुःख लागेर आयो किनकी बाहिर मतदाको सोर अर्कै सुनियो उनीहरु भन्दै थिय नेताहरूले गलत निर्णय गरे यस्को पर्ती फल राम्रो आउदैन ।’उनले थप लेखेका छन् ‘हिजो माओवादीको द्वन्दको समयमा गाउँमा कांग्रेस बचाउनेहरुलाई पाखा लगायर आफ्ना भाइ भतिजाहरुलाइ टिकट दियको पाइयो ।’ अध्यक्ष घर्तीले हिजो द्वन्दको सयमा जस्ले पार्टी बचाय तिनैलाइ सम्मान गरिनु पर्ने र यदी त्यसो नभएमा परिनाम राम्रो नआउने उल्लेख गरेका छन् ।
नेपाली काँग्रेसको टिकट वितरणको सवालमा पत्रकार विमल गौतमले आफ्नो फेस वुक वालमा यस्तो स्टाटस लेखेका छन् । ‘राजनीतिमा योग्य र इमान्दारिताको काम छैन । मात्र चाकडी र चाप्लुसिको काम छ ।’
त्यस्तै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रमेश मल्ले पनि टिकेट वितरण प्रक्रिया प्रति तीव्र असन्तुष्टी जाहेर गरेका छन् । ‘टिकट बितरन गर्दैमा आफुलाइ सर्बेसर्बा सोचेकाहरुले भोलिदेखि हारगुहार गर्नु पर्छ कि नाइ सोच्नु पर्ने बेला भयको छ! पार्टीलाई जसरी पनि जिताउनु पर्छ भन्दा कुन मुख लियर भन्छन हेर्ने बेला भयको छ!’ आफ्नो फेस वुक वालमा अध्यक्ष मल्लले कार्यकर्ताहरुको मनोभाब नबुझेर टिकेट वितरण भएको उल्लेख गरेका छन् ।
टिकेट वितरणगर्ने नेताहरुलाई लक्षित गर्र्दै मल्लले भनेका छन् ‘उनीहरुको केही बिग्रन्न भने हाम्रो नि के नै बिग्रन्थियो र! अलि कति पिडा होला पार्टीले हार्दै गर्दा, विपक्ष सङ बोल्दै गर्दा शिर झुक्ला त्यो भन्दा के नै हुने थियो र!’ मल्लले प्रश्न गरेका छन् कि , नेताहरु नै मूर्ख बन्न सक्छन भने हामी किन सक्दैनौ ? आक्रोस पूर्ण मल्लको स्टाटसमा भनिएको छ ‘जस्ले जे सक्छ तेही गर्ने बेला आयको हो भने निर्बस्त्र बनाउन खोजेको पार्टीलाई भन्दा नेतालाइ नै बनाउने बेला आयको छ! पार्टी हाम्रो हो उनीहरुको मात्र होइन कुनै दिन हाम्रो नि पालो आउँछ!’ अन्त्यमा मल्लले लेखेका छन् ‘जय नेपाल जय कांग्रेस तर चोरहरुलाइ होइन!’
यस्ता थिए काँग्रेसले विहीवार सार्वजनिक गरेका
तुलसीपुर उप–महानगरकाको १९ वडाका वडा अध्यक्षहरुको अनुहार ।
वडा नाम
१. फल्कुदत्त भन्डारी
२. राजु आचार्य
३. तर्नबहादुर खड्का
४. चित्रा गिरी
५. बिरेन्द्र शाह
६. लोकराज डाँगी
७. टोपबहादुर केसी
८. वेदु केसी
😊घन स्याम ढकाल
१०. कुमार लामिछाने
११. चित्रबहादुर वली
१२. पुस्पराज गिरी
१३. डम्वर न्यौपाने
१४. पर्सुनारायण चौधरी
१५. भागवत रेग्मी
१६. गणेश चौधरी
१७. थल राज पुरी
१८. हिमबहादुर डाँगी
१९. पदम वली
काँग्रेसले वडा सदस्यहरुको नाम समेत टुङ्गो लगाएको भएपनि त्यो भने अझैं सार्वजनिक गरेको छैन । शुक्रवार सम्म सबैको नाम सार्वजनिक गर्ने उस्ले जनाएको छ । मेयर र उपमेयरको टुङ्गो भने केन्द्रले नै गर्ने छ ।