असार ९ गते स्थानिय चुनाव गर्ने सरकारको निर्णयप्रति बांकेका मुश्लिम अगुवाहरुको बिरोध
प्रकाशित मिति : २०७४, १६ जेष्ठ मंगलवार २१:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । मुस्लिमहरुको महत्वपुर्ण पर्ब रमजानको विदाईका दिन अर्थात् असार ९ गते स्थानिय चुनाव गर्ने सरकारको निर्णयको बांकेका मुश्लिम अगुवाहरुले बिरोध गरेका छन् ।
उनीहरुले निर्वाचन मिति असार १४ गते गर्न अनुरोध गर्दै बांकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ मार्फत प्रधानमन्त्रिलाई ज्ञाापनपत्र वुझाएका छन् । एमालेका मुस्लिम नेता समसुद्यिन सिद्धिकिका अनुसार असार ९ गते शुक्रबार रमजानलाई अलबिदा गर्ने महत्वपुर्ण दिन परेकारले सरकारले बिचारै नगरी निर्वाचनको मिति सार्दा आफुहरु समस्यामा परेको बताउनुभयो ।
बांकेका विभिन्न राजनितिक दलमा आवद्ध मुस्लिम नेता, अगुवा तथा अधिकारकर्मिहरुको सहभागितामा आज ज्ञापनपत्र बुझाईएको हो । मागको सुनुवाई नभए आन्दोलनमा जाने मुस्लिम अगुवाहरुले चेतावनी दिएका छन् ।
Advertisement