कोहलपुरलाई झुप्रो मुक्त बनाउँछु : भट्टराई
प्रकाशित मिति : २०७४, २९ जेष्ठ सोमबार १६:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगंज । बाँकेको कोहलपुर नगरपालिकालाई झुप्रो मुक्त बनाउने नेपाली काँग्रेसबाट कोहलपुर मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले बताएका छन् । कोहलपुर ११ लोकनगरमा आज सम्पन्न भएको चुनावि सभालाई सम्बोधन गर्दै उनले कोहलपुर नगरपालिका भित्रका सबै झुुप्रो भएका सबै घरलाई टिनमा बदल्ने प्रतिवदद्वता व्यक्त गरेका छन् ।
यहि असार १४ गते हुने स्थानिय तहको निर्वाचनको कोहलपुर नगरको मेयर पदमा उम्मेद्वारी पाएसँगै निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिएका छन् । राष्ट्रिय तथा अन्र्तराष्टिय निकायहरुसँग सहकार्य गरेर हरेक ठाउँका झुप्रोवाला घरहरुमा पक्की घर निर्माण गर्ने परिकल्पना गरिएको बताए ।साथै उनले खेतदेखि मसुरीखेत हुँदै चौराह सम्मको जंगलमा सुन्दर पार्क निर्माण गर्ने र पार्क भित्र कोहलपुर अवलोकन गर्न सकिने टावर निमार्ण गर्ने लक्ष्य लिईएको बताए । अव्यवस्थित बसोबास गरी बसेका मुक्त कमैयालाई लालपूर्जा दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै निर्वा्चित भएको पहिलो बैठकबाट कोहलपुरका सम्पूर्ण मुक्त कमौयाहरुलाई लालपूर्जा दिने भट्टराईले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर उपमेयर पदकी उम्मेद्वारी सन्जु कुमारी थारुले थारु जाति जहिले पनि पछि परेको भन्दै थारुको पहिचान र प्रतिष्ठानलाई बचाउनका लागि काँग्रेसले थारु सामूदायिलाई जोड दिएको बताइन ।
Advertisement
चुनावी वडा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस महासमिति सदस्य नारायण प्रसाद गौडेलले नेपाली कांग्रेस जनताको पार्टी भएकोले सबै जनतालाई धनी र गरिबीको रेखामुनीबाट मुक्त गराउनका लागि मुलुकमा पटक पटक भएको आन्दोलनको नेतृत्व गरेको भन्दै जनताले दिएको जिम्मेवारी पुरा गर्न नेपाली काँग्रेस संघै लागि परेको बताए ।
नेपाली काँग्रेस कोहलपुर वडा ११ का कार्यवाहक अध्यक्ष रामु लम्सलाको सपभापतिमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय पदाधिकारी, कोहलपुर नगर कार्यसमितिका पदाधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यस्तै नेपाली काँग्रेसका मेयर तथा उपमेयरले कोहलपुर ४ र १४ नम्बर वडाहरुमा घरदैलो अभियान गरेको थियो । घरदैलो अभियानका क्रममा मेयर पदका उम्मेदवार भानुभक्त भट्टराईले नेपाली काँग्रेसको रुख चिन्हमा भोट दिएर निर्वा्चित गराउन अनुरोध समेत गरेका छन ।