दोस्रो चरणको चुनाब असार १४ मै हुन्छ : ओली
प्रकाशित मिति : २०७४, २९ जेष्ठ सोमबार २१:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आगामी असार १४ गते नै स्थानिय तह दोस्रो चरणको निर्वाचन हुने बताउनुभएको छ । नेकपा एमाले कोहलपुर नगर कमीटी कोहलपुरले स्थानिय निर्वाचनलाई लक्षित गरि आज कोहलपुरमा आयोजना गरेको कोहलपुर नगरपालिकाका उम्मेदवारहरुको नामावली घोषणा जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असार १४ मा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
असार १४ गते निर्धारण गरिएको स्थानिय तह दोस्रो चरणको चुनावलाई कुनै पनि शक्तिले अब रोक्न नसक्ने र नरोकिने दावी गर्दै अध्यक्ष ओलीले ढुक्क भएर निर्वाचनको माहोल बनाउन आम मतदाताहरुलाई अपिल समेत गर्नुभयो ।
पूर्व प्रधानमन्त्रि समेत रहनुभएका अध्यक्ष ओलीले सरकारमा जानका लागि राष्ट्रिय हितमा असर पुग्ने कुनै पनि काम एमालेले नगर्ने स्पष्ट पार्नुभयो । नेपालको स्वतन्त्रता, अखण्डता, सार्वभौमसत्ता, स्वाधिनता र राष्ट्रियताको बिषयलाई सधै गौरबको एजेण्डा बनाउने समेत उहाँको भनाई छ ।विदेशीको सामु घुडा टेक्ने कार्य राष्ट्रबाद हुन नसक्ने भन्दै पूर्ब प्रधानमन्त्रि ओलीले देशको स्वाभिमानलाई बचाउन उहाँले सबैलाई कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।
साथै पूर्वप्रंधानमन्त्रि ओलीले स्वतन्त्र र शान्तिपूर्ण निवार्चन गराउने पक्षमा भुमिका खेल्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । धाधलि गर्ने, मतपत्र च्यात्ने, जनमतलाई धुजाधुजा पार्ने कार्यको सबैले बिरोध गर्नुपर्नेमा जोड दिदै उहाँले प्रशासनलाई निश्पक्ष भुमिका खेल्न आग्रह गर्नुभएको हो ।
एमालेको ५ नं प्रदेश निर्वाचन परिचालन कमिटि सदस्य पुजन विश्वकर्माका अनुसार मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारहरुको घोषणा भएको हो । एमालेबाट कोहलपुर नगरपालिकाको मेयरमा लुटबहादुर रावत र उपमेयरमा कृष्णाकुमारी चौधरी रहनु भएको छ । कोहलपुर नगरपालिकामा १५ वडा रहेका छन् । उम्मेदवारी घोषणापछि ओली काठमाण्डौ फर्किसक्नु भएको छ ।
Advertisement