दाङमा मुख्य दलबाटै आचारसंहिता उलङघन
प्रकाशित मिति : २०७४, २९ जेष्ठ सोमबार २१:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ:निर्वाचन आयोगले जारी गरेको आचारसंहिता दाङका मुख्य दलहरुबाटै चुनावी प्रचारमा उलङघन भैरहेको छ । आयोगले सवारी साधनको ¥याली गर्न नपाईने, टिसर्ट, झोला र टोपी जस्ता जिन्सी समान बाढ्न नपाईने भने पनि यहाँका मुख्य दलहरुबाटै त्यसको उलङघन भैरहेको छ ।
Advertisement
निर्वाचनको प्रचारमा खटेका व्यक्तिहरुले आस्थावान पार्टीको लोगो सहितका टिसर्ट र टोपी लगाएर प्रचारप्रसार गरिरहेका छन् । अर्काे तर्फ उपमहानगर, नगर र गाउँपालिकाका प्रमुखले एउटा चारपांग्रे र दुई वटा मोटरसाईकल प्रचारमा प्रयोग गर्न पाउने आयोगले नियम बनाए पनि दलहरुले त्यसको पनि पालना गरेका छैनन् ।
उमेद्धारहरुको साथमा दर्जनौ मोटरसाईकल र चारपांग्रे गाडीहरु चुनावी प्रचारमा प्रयोग भैरहेको छ । यसलाई नियमन गर्ने निकायले नियन्त्रण गर्न सकेको छैन् । जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति भए पनि उक्त समितिले भने चासो दिएको छैन ।
यस विषयमा मुख्य निर्वाचन अधिकृत न्यायाधिस चुरामन खड्काले दलहरु स्वयम जिम्मेवार बनेर आचारसंहितालाई पालना गर्नुपर्ने बताउछन् । अहिले सम्म कसैले कार्यालयमा आचारसंहिता उलङघन ग¥यो भनेर उजुरी नदिएको भन्दै उनले आफुहरुले शुष्मरुपबाट अध्ययन गरिरहेको जानकारी दिए ।