चुनाव जितेका ६ महिना भित्र कौशिलनगरलाइ लालपुर्जा दिने भट्टराईको उद्घोष
प्रकाशित मिति : २०७४, १ असार बिहीबार १५:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर नगरपालिका वडा नम्वर १ कौशिलानगरका जनतालाई चुनाव जितेको ६ महिनाभित्र लालपुर्जा दिने बताउनुभएको छ ।
स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा कौशिलानगरमा आज पुग्नुभएका भट्टराईलाई आफुले बसाएको बस्तीलाइ विविध सरकारी सुरुतताका कारणले लालपुर्जा दिन नसकेकोले अव आफ्नै पालामा बसाएको बस्तीलाइ आफ्नै हातले लालपुर्जा प्रदान गर्ने बताउनुभयो ।
मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले २०३७ सालमा कौशिलानगरमा बस्ति बसानुभएको थियो भने आफ्नी आमाको नामबाट कौशिलानगर नामाकरण गर्नुभएको थियो । धेरै वर्ष पछि सम्पन्न हुन गईरहेको स्थानिय तहको निर्वाचनमा त्यहाँका जनताले भानुभक्त भट्टराई यो गाउँको जन्मदाता भएकाले अब लालपुर्जा कहिले दिनुहुन्छ भनेर प्रश्न गरेका थिए । ‘कौशिलानगर मेरी आमा हो, अब म मेरी आमलाई धेरै दिनसम्म रुवाउदिन्’ उहाँले भनुभयो ‘अब मेयर भएको छ महिना भित्र कौशिलानगरको लालपूर्जा वितरण गर्छु, यो मेरो कतव्य हो ।’
घरदैलो अभियान पछि कोण सभामा बोल्दै भट्टराईले कोहलपुरलाई सुन्दर, शान्त र समृद्ध बनाउने लक्ष्य लिएकाले कौशिलानगरबासीले त्यो लक्ष्य पुरा गराउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रम नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रेसमा ३१ जनाले प्रवेश गरेका थिए । माओवादी परित्या गर्नुभएका अम्मर परियारले नेपाली काँग्रेस जनताको पार्टी भएकाले काँग्रेस प्रवेश गरेको बताउनुभयो ।
साथै उहाँले अब कोहलपुरको विकास गर्नका लागि नेपाली काँग्रेसको नीति तथा विचार नै उचित भएको बताउनुभयो । कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Advertisement