राजपाको मागः प्रदेश नम्बर ५ टुक्र्याएर निर्वाचन सारौं
प्रकाशित मिति : २०७४, १ असार बिहीबार १५:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रदेश नम्बर ५ मा रहेका कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा पनि तेस्रो चरणमा निर्वाचन गर्नुपर्ने माग अगाडि सारेका छन् ।
बिहीवार मध्याह्न सत्तारुढ दलहरुसँगको छलफलमा राजपाका नेताहरुले यस्तो माग राखेका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित राजपाले प्रदेश नम्बर ५ अन्तर्गत पर्ने कपिलवस्तु, रुपन्देही र नवलपरासीमा पनि तेस्रो चरणमा निर्वाचन गर्न माग गरेका थिए ।
राजपा नेताहरुले प्रदेश नम्बर ५ बाट टुक्र्याएर ती जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्न माग गरेपनि सत्तारुढ दलहरुले भने त्यसमा सहमति जनाएनन् ।
राजपाको माग अनुसार सत्तारुढ दलहरुले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सहमति जनाएका हुन् ।
Advertisement