नेपाली काँग्रेसको मिडिया डेस्क सञ्चालनमा
प्रकाशित मिति : २०७४, १ असार बिहीबार २१:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचन प्रचार उपसमिति संयोजक रमेश लेखकले काँगे्रसमाथि अपार विश्वास र साथ रहेकाले स्थानीय तह निर्वाचनमा जित सुनिश्चित भएको बताउनुभएको छ ।
Advertisement
स्थानीय तह निर्वाचन लक्षित नेपाली काँग्रेसको क्षेत्रीय मिडिया डेस्कको आज नेपालगन्जमा उद्घाटन गर्दै पूर्व मन्त्री लेखकले काँग्रेस बिना अग्रगामी परिवर्तन र विकास सम्भव नभएको आमजनताले बुझेको भन्दै यो निर्वाचनमा काँग्रेसले जित्ने उद्घोष गर्नुभयो । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस हार्नुपर्ने कुनै कारण र आधार नभएको भन्दै पहिलो पार्टी बन्ने दावी गर्नु भयो । काँगे्रसले जिते मुलुक जित्ने, राष्ट्रिय एजेण्डा स्थापति हुने भएकाले जनता काँगे्रसलाई मत हाल्न आतुर भएको उहाँको तर्क थियो । पहिलो संविधान सभाको निर्वाचनमा काँग्रेस हारेकोले संविधान आएन, दोस्रो निर्वाचनमा काँग्रेसले जितेकाले संविधान आयो, पूर्वमन्त्री लेखकले भन्नुभयो ।
नेकपा एमाले र माओवादीले काँग्रेसले के ग¥यो ? भन्ने प्रश्न गरे, डटेर जवाफ दिन समेत आफ्ना नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनु भयो । लोकतन्त्रमा विश्वास राख्ने पार्टी काँग्रेस रहेको भन्दै उहाँले जंगलमा बसेर मारकाट गर्ने माओवादीलाइ विचारको राजनितिमा ल्याएको कुरा भनिरहन नपर्ने उहाँले बताउनुभयो । बाँकेमा काँगे्रसको वेग्लै इतिहास र योगदान भएको उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले योग्य र जुझारु व्यक्तिले टिकल पाएकाले काँग्रेसका उम्मेदवारले जित्ने सुनिश्चितता रहेको उल्लेख गर्नुभयो । काँगे्रस उम्मेदवारलाई काँगे्रसकाले नै हराउनु् काँगे्रसलाई हराउनु् भएकाले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइने स्पष्ट पार्नु भयो ।
काँग्रेस बाँके प्रचार विभाग प्रमुख कपील शर्माको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सभापति किरण कोइराला, काँगे्रसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा सरेश कनोडीया, उपमेयर उम्मेदवार उमा थापा, नेपाल पे्रस यूनियन महासचिव अजय शिवाकोटी, पे्रस यूनियन बर्दिया अध्यक्ष विनयराज भण्डारी, प्यूठान सभापति श्रीराम भण्डारी, दाग अध्यक्ष सुशिल वस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । काँग्रेस बाँके प्रचार विभागको आयोजनमा भएको कार्यक्रमको स्वागत काँगे्रस बाँके सचिव तप्त पौडेलले गर्नु भएको थियो । यसैबीच नेपाल प्रेस यूनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँगे्रसकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पुरा गर्ने बताउनु भएको छ । उहाँले संविधान संशोधन गरेर भएपनि सबैको स्वीकार्य संविधान बनाउने दायित्व काँगे्रसको भएको बताउनु भयो ।