आदीबासी थारु समुदायमा रहेको बेगारी प्रथालाइ अन्त्य गर्ने प्रतिवद्धता खत्रीको प्रतिबद्धता
प्रकाशित मिति : २०७४, २ असार शुक्रबार २०:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगन्ज । बाँकेको बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेद्धार देव बहादुर खत्री पश्चिम नेपालकै आदीबासी थारु समुदायमा अझै पनि विकराल रुपमा रहेको बेगारी प्रथालाइ अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बैजनाथ गाउपालिकाको वडा नम्बर ४ तिलकपुरमा भएको कोणसभालाइ सम्बोधन गर्दै खत्रीले थारु समूदायको धेरै बसोबास रहेको यस वडामा थारु समूदायको कला संस्कृतीलाइ जर्गेना गर्दै समूदायको बृहतर हितका लागि आफु सधै अग्रसर रहने प्रतिबद्धता जनाउनुभएको हो । खत्रीले यस क्षेत्रका जनताको शिक्षाको स्तरलाइ उकास्नका लागि प्रत्येक वडामा उच्च शिक्षा अध्यनका लागि कलेज स्थापनाका साथै प्राविधिक शिक्षामा जोड दिने बताउनुभएको छ ।
स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा तिलकपुर आज पुग्नुभएका खत्री गाँउपालिकाकै सवैभन्दा ठूलो वडा पनि भएको र राजमार्गसंग प्रत्यक्ष रुपमा जोडिएको वडा भएकाले औद्योगिक विकासको प्रवल सम्भावना बोकेको वडा भएकोले यस तर्फ पनि आफुले पहल गर्ने बताउनुभयो ।
त्यस्तै उपाध्यक्षकी उम्मेद्धार भावना कुमारी थारुले आफु स्वास्थ क्षेत्रकै पृष्ठभूमीबाट आएकाले यस गाँउपालिकाका विभिन्न वडामा स्वास्थ्यका समस्यालाइ राम्रोसंग बुभलेकोले प्रत्यकेक वडामा स्वास्थ्य संस्था स्थापना संगै एम्बुलेन्सको व्यवस्थ गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव कपिलदेव शर्मा, वडा नम्बर ४ का वडाअध्यक्ष दुर्गबहादुर घिमिरे, सदस्यहरु सुर्य प्रसाद रेग्मी, शालिगराम थारु, महिला सदस्य विजु उपाध्याय, दलित सदस्य बाल कुमारी दमाइ लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
Advertisement