एकपटक नेपाली काग्रेसलाइ कोहलपुर क्षेत्रको विकासका लागी मौका दिन आग्रह
प्रकाशित मिति : २०७४, २ असार शुक्रबार २०:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सौरभ गिरी /कमला हमाल, नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर नगरपालिका एकपटक नेपाली काग्रेसलाइ कोहलपुर क्षेत्रको विकासका लागी मौका दिन आग्रह गर्नुभएको छ ।
आज वडा नम्वर २ र ५ को घरदैलो अभियान पछि कोणसभालाइ सम्बोधन गदै विगतमा साविकको कोहलपुर गाविसमा नेकपा एमाले र माओवादी केन्द्रले धेरै पटक स्थानिय तह र संविधान सभाको चुनाव जिते पछि कोहलपुर क्षेत्रको विकासका लागि इमानदार नभएको आरोप लागाउनुभयो । भट्राइले अहिलेको स्थानिय तह भनको धेैरै अधिकार सम्पन्न प्रमुख भएकाले भर्खरै मात्र गाविसबाट नगरपालिका घोषणा भएको यस नगरपालिकाको विकासमा आफु कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा कोहलपुर नगरपालिकाको वडा नम्बर २ का विभिन्न टोलहरु तिनघरुवा, रझेना गाउ, एनसिसिएन जस्ता टोलहरुमा पुगी यस टोलको विकासमा आफु सधै अग्रसर हुने बताउनुभयो । त्यस्तै उपमेयर सन्जु कुमारी थारुले कोहलपुर नगरपालिकाको विकासका लागि नेपाली कांग्रसले एक शिक्षित,युवा र क्षमतावान उम्मेद्धाहरु जनताको सेवक उठाएकाले ऐतिहासीक स्थानित तहको चुनावमा नेपाली कांगेसलाइ साथ दिन अनुरोध गर्नुभयो । कार्यक्रममा २०७२का संविधान सभाका उम्मेद्धार नारायण प्रसाद सिग्देल, जनजाती महासंघ बाँकेका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत वडा नम्वर २ र ५ का वडा अध्यक्ष, वडा सदस्यहरु, स्थानियहरुको सहभागिता रहेको थियो ।
Advertisement