तुलसीपुरको मेयरको टिकटको निर्णय पुनर्विचार गर्न माग
प्रकाशित मिति : २०७४, २ असार शुक्रबार २०:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर । तुलसीपुरमा मेयरको टिकटको विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद सुरु भएको छ । तुलसीपुर उप महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा पूर्व सांसद गेहेन्द्र गिरीले टिकट पाएपछि कांग्रेसभित्र द्वन्द्व सुरु भएको हो ।
Advertisement
गिरीले मेयरमा टिकट पाएको ३ दिन वित्न नपाउदै दाङ कांग्रेसमा ठूलो प्रभाव राख्ने कांग्रेस नेताहरुले विज्ञेप्ती जारी गरेर निर्णय पुनर्विचार गर्न माग गरेका छन् । कांग्रेस महाधिवेसन प्रतिनीधि तेजबहादुर बस्नेत, पूर्व नगर सभापति किरणबहादुर शाह, क्षेत्रिय प्रतिनीधि देवेन्द्र रिजाल लगाएतका नेताहरुदारा जारी संयुक्त विज्ञेप्तीमा जनता र कार्यकर्ताको भावना विपरित केन्द्रीय कमिटीले कम्जोर व्यक्तिलार्ई उम्मेदवार उठाएकाले निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ ।
जित्न सक्ने र सक्षम व्यक्तिलाई आश्वासन दिएर खुमबहादुर खड्काले २ महिनासम्म काठमान्डौमा झुलाएको भन्दै कांग्रेसका असन्तुष्ट नेताहरुले तत्काल निर्णय नसच्याए ठूलो दुर्घटना हुनसक्ने विज्ञेप्ती मार्फत चेतावनी दिएका छन् ।