कोहलपुरका मतदाताद्धारा नगरपालिकाका मेयरका उम्मेदवारहरुलाई प्रश्नै प्रश्न
प्रकाशित मिति : २०७४, ३ असार शनिबार १८:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर:कोहलपुरका मतदाताहरुले मेयर पदका उम्मेदवारहरुलाई निर्वाचनमा जित्नका लागि सस्तो लोकप्रियताका नारा लगाउनुभन्दा स्थानिय तहको ऐन तथा नियममा रही गर्न सक्ने कामको मात्र भाषण दिन सुझाव दिएका छन् । आज कोहलपुरमा प्राज्ञिक विद्यार्थी परिषदले गरेकाको गरेको अन्तरक्रियामा सहभागी स्थानियले यस्तो भनाइ राखेका हुन् । उनीहरुले कोहलपुरले सहि नेतृत्व पाउन नसक्दा विकासमा पछि परेका बताएका छन् ।
त्यस्तै कोहलपुर १० की गिता क्षेत्री वर्नवाल भन्नुहुन्छ उम्मेदवारहरुले ठूला ठूला गरे पनि जनतालाई स्वास्थ्य सेवा तथा स्वच्छ खानेपानी जस्ता साना कुराको बढ्दा खांचो रहेको बताउनु भयो ।
Advertisement
त्यस्तै कोहलपुर १० का युवा दुर्लभ शाहीले नेकपा एमालेका उम्मेदवारलाई लक्ष्यित गर्दै यस अघि दुई पटक कोहलपुरको नेतृत्व गरिसकेपनि विकासको पहल नगरेको भन्दै फेरी किन उहि पार्टीलाई जिताउनु पर्ने भनि प्रश्न गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको प्रश्नको उत्तर दिदै विभिन्न पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवारहरुले कोहलपुर नगरपालिकाको बृहत्तर विकासका लागि आफुहरु संधै प्रतिबद्ध रहेको दावी गरेका छन् ।
अन्तरक्रिया कार्यक्रमा सहभागी स्थनिय तथा नागरिक समाजका प्रश्नको उत्तर दिदै उम्मेद्धाहरुले कोहलपुर नगरपालिकाको बृहतर विकासका लागि आफुहरु सधै प्रतिबद्ध रहेको जिकिर गरेका छन् । कार्यक्रममा उपस्थित सम्पूर्ण दलका उम्मेद्धारहरुले कोहलपुर क्षेत्रका प्रमुख समस्या लालपुर्जा वितरण, नदि कटान, हरित कोहलपुर, स्वास्थ्य चौकी तथा खानेपानी ढलका समस्यालाइ निर्वाचित भएककै दिनबाट समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । अन्तरक्रियमा नेपाली कांग्र्रेस कोहलपुर नगर कमिटीका अध्यक्ष भानुभक्त भट्राइ, नेकपा एमालेबाट प्रतिनिधि बसन्ती अधिकारी, माओवादी केन्द्रका उम्मेद्धार नरेन्द्र न्यौपाने, राष्ट्रिय जनमोर्चाकी उम्मेद्धार बालकुमारी आर्चाय लगायत कोहलपुर क्षेत्रका विभिन्न संघसस्थाका प्रतिनिधि, नागरकि समाज, साहित्यकार , युवा , पत्रकारको सहभागिता रहेको थियो ।