खुमबहादुरलाई टक्कर दिन आफ्नै भाइ ‘बागी’ बने, बिहानै उम्मेदवारी दर्ता
प्रकाशित मिति : २०७४, ४ असार आईतवार १२:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लमही । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका भाइ डिल्लीबहादुर खड्का क्षेत्रीले लमही नगरपालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
Advertisement
दाङको देउखुरी उपत्यकास्थित लमही नगरपालिकाको मेयर पदमा डिल्लीबहादुरले उम्मेदवारी दिएका हुन् । दलबलसहित मनोनयन दर्ता गर्न पुगेका उनले भने, ‘कांग्रेसले मलाई मेयर पदको टिकट दिएन । त्यसपछि साथीहरूको सल्लाहमा स्वतन्त्र रुपबाट उम्मेदवारी दिएको हुँ । मेरो जित सुनिश्चित छ ।’
कांग्रेस नेता खुमबहादुर खड्काले लमही नगरपालिकामा आफू निकटका जोगराज चौधरीलाई मेयर पदको टिकट दिएपछि आफ्नै भाइ डिल्लीबहादुर खड्काले असन्तुष्टि जनाएका हुन् ।
खुमबहादुरसँगै लामो राजनीति गर्दै आएका डिल्लीबहादुर खड्का राजनीतिमा कहिल्यै माथि उठ्न सकेनन् । यसपटक पनि खुमबहादुरले डिल्लीबहादुरलाई लमही नगरको टिकट दिन्छु भनेर आश्वासन दिए पनि अन्तिम क्षणमा आएर जोगराज चौधरीलाई टिकट दिएका थिए ।
स्रोतका अनुसार खुमबहादुर खड्काले नै आफ्ना भाइ डिल्लीबहादुर खड्का कांग्रेसको राजनीतिमा कहिल्यै पनि माथि नजाओस् भनेर थिचोमिचो गर्दै आएको आरोप छ ।
डिल्लीबहादुर खड्काले कांग्रेसबाट विद्रोह गरेर मेयर पदमा उम्मेदवारी दिएपछि आधिकारिक उम्मेदवार जोगराज चौधरीलाई ठूलो धक्का पुग्ने विश्लेषण हुन थालेको छ । यसको सिधा फाइदा एमालेलाई पुग्ने कांग्रेस नेताहरूको भनाइ छ ।
उपमेयरमा पनि स्वतन्त्र उम्मेदवारी परेको छ । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिनेमा नीमबहादुर थापा रहेका छन् ।
दाङ जिल्लाका अधिकांस स्थानीय तहमा खुमबहादुर खड्का र रामचन्द्र पौडेल समूहबीच ठूलो द्वन्द्व छ । सभापति शेरबहादुर देउवा समूहले खुमबहादुर समूहलाई सहयोग गरेको छ । तर, पौडेल समूह कांग्रेसका आफ्नै उम्मेदवारहरूलाई हराउन कम्मर कसेर लागेको छ ।