स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि उत्साहका साथ उम्मेदवारी दर्ता
प्रकाशित मिति : २०७४, ४ असार आईतवार १९:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि उत्साहका साथ उम्मेदवारी दर्ता भएको छ । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक फोरम, उम्मेदवारी दर्ता गराएका छन् । दलहरुले वडा वडाबाट जुलुस, व्यानर, झण्डा, परम्परागत भेषभूषा, नौमती बाजा, बोकेर जम्मा हुंदै शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् । चर्को धुपमा असिन पसिन हुंदै छाता उठेर उम्मेदवारहरु फूलमाला भिरेर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
कोहलपुर नगरपालिकामा मेयर पदका उम्मेद्धार भानुभक्त भट्राइ , उपमेयरका उम्मेद्धार सन्जु कुमारी थारु आफ्ना परम्परागत भेषभूषमा मनोनयन दर्ता गर्न कोहरपुर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यलय कोहलपुर नगर विकास सममितिमा पुगेका थिए । कांग्रेस सचिवालय पिपल चौताराबाट निस्केको ¥याली मुख्य निर्वाचको कार्यलयमा मनोनयन दर्ता गर्ने स्थलसम्म पुगेको थियो । स्थानिय कार्यकर्ताहरु आफ्ना परम्परागत भेषभूषामा सजिएर ¥यालीमा हजारौको सहभागिता रहेको थियो ।
त्यस्तै नेकपा एमाले मेयरका उम्मेद्धार लुट बहादुर रावत तथा उमेयर कृष्ण कुमारी थारु सहित क्षेत्र नम्बर १ का नेकपा एमालेका सांसद देवराज भारको पनि सहभागीता रहेको थियो । ब्यान्डबाजा सहिता नार लगाउदै मनोनयन दर्ता गर्नका लागी पुगेका थिए ।
त्यस्तै माओवादी केन्द्रका मेयर पदका उम्मेद्धार नरेन्द्र न्यौपाने तथा उपमेयर देवी थारु सहित पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत, पूर्व सभामूख पूर्ण कुमारी सुवेदी, क्षेत्र नम्बर १का पूर्व सांसद तिलक परियारको पनि सहभागिता रहेको थियो ।
त्यस्तै राप्रका भगवती थारु तथा उपमेयर ,लोकतान्त्रि फोरमका फुलाराम थारु र उपमेयर अस्मिता थारु लगायत अन्य दलहरुले पनि उत्साहका साथ मनोनयन दर्ता गरेका छन् ।
कोहलपुरमा अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरिसकेका छन् । यस्तै राप्रपा, लोकतान्त्रिक फोरम, राष्ट्रिय जनमोर्चा, राष्टिय जनमुक्ती र देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि कोहलपुरमा उम्मेदवारी दर्ता गरेकाछन् ।
Advertisement