के कांग्रेसले आफ्नो दाङका दुई उपमहानगरगरमा र एक नगरमा विरासत जोगाउला ?
प्रकाशित मिति : २०७४, ४ असार आईतवार २३:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । दुई उपमहानगरपालिका रहेको दाङ जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुले बाजागाजा, झाँकीसहित तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् ।
दाङमा घोराही र तुलसीपुर गरी दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । दक्षिण एसियाकै ठूलो उपत्यका भनेर दाबी गरिने दाङमा मतदाताको संख्या २ लाख ९१ हजार १५९ छ । यहाँबाट ५ सय २० जनप्रतिनिधि चुनिने छन् ।
दाङमा २७ दल दर्ता छन् । तीमध्ये मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादी हुन् ।
Advertisement
तुलसीपुर उपमहानगरपालिका
तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसबाट गेहेन्द्र गिरी प्रमुख र देवका नेपाली उपप्रमुखको उम्मेदवार बनेका छन् । गिरी कांग्रेसका पूर्वसांसद तथा तुलसीपुर नगर सभापति हुन् । उनी ०५६ सालको संसदीय चुनावमा निर्वाचित भएका थिए ।
साविकका तुलसीपुर नगरपालिका तथा डुरुवा, मानपुर, बिजौरी र पवननगर गाविस गाभिएर बनेको तुलसीपुर उपमहानगरपालिका ७६ हजार ८८१ मतदाता छन् । दोस्रो संविधानसभा चुनावमा साविकको तुलसीपुर नगरपालिकासहित हलवार, बिजौरी, मानपुर, डुरुवा, फुलबारी, उरहरी र टरिगाउ गाविस रहेको क्षेत्रबाट कांग्रेस एमालेभन्दा झिनो मतअन्तरले विजयी भएको थियो । माओवादी तेस्रो भएको थियो ।
अहिले स्थानीय चुनावमा कांग्रेसका पूर्वसांसद गेहेन्द्र गिरी प्रमुख पदका उम्मेदवार बनेका छन् । तुलसीपुरको मेयरमा कांग्रेसका शंकर गिरी र तेजबहादुर बस्नेत, घनश्याम रेग्मी लगायत आकांक्षी थिए । खुमबहादुर खड्काको विश्वासपात्र गेहेन्द्र गिरीले टिकट पाएपछि कांग्रेसका केही उम्मेदवारमा उब्जिएको असन्तुष्टिको फाइदा लिने दाउँमा एमाले छ ।
एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा पुष्पा श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । पाण्डे २०५४ को निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएका थिए ।
तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डे सशक्त उम्मेदवार मानिन्छन् ।
माओवादीबाट शेशुराम भण्डारी र सीता ओलीको क्रमशः प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी परेको छ ।
घोराही उपमहानगरपालिका
घोराही उपमहानगरपालिकामा कांग्रेसबाट क्षेत्रीय सभापति भुपबहादुर डाँगी प्रमुख र पुष्पा श्रेष्ठ उपप्रमुखमा उम्मेदवारी दर्ता भएको छ ।घोराही उपमहानगरपालिकाको प्रमुखमा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने उम्मेदवार छन् ।
यसैगरी माओवादी केन्द्रले घोराही उपमहानगरपालिका प्रमुखमा पोलिटव्यूरो सदस्य जीवन गौतमलाई र उपप्रमुखमा सीता चौधरीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसमा असन्तुष्टिः घोराही, लमही र गढवामा वागी
उम्मेदवार चयनको विषयलाई लिएर कांग्रेसमा चरम असन्तुष्टि छ । जिल्लामा सहमतिको प्रयास असफल भएपछि कांग्रेसले अन्तिम समयमा केन्द्रबाट उम्मेदवार टुंगो लगाएको थियो ।
दाङका सबै स्थानीय तहमा कांग्रेस नेता खुमबहादुर खड्का निकटका व्यक्ति उम्मेदवार छन् । खुमबहादुरले एकलौटी गरेको भन्दै दाङ कांग्रेसमा असन्तुष्ट चुलिएको छ । खासगरी दाङ जिल्लाका पूर्व कांग्रेस सभापति वीरकेशरी गौतम, पूर्वसांसद कृष्णकिशोर घिमिरे लगायतका नेताहरु उम्मेदवार चयनप्रति असन्तुष्ट छन् ।
घोराही उपमहानगरपालिकाको उपप्रमुखमा ठाकुरप्रसाद महराले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैगरी लमही नगरपालिकामा खुमबहादुरकै आफन्त सतबरीयाका डिल्लीबहादुर खड्काले र गढवा गाउँपालिकाको अध्यक्षमा डिल्ली आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । खड्का साविकको सतवरिया गाविसको र आचार्य साविकको गंगापरस्पुर गाविसको पूर्वअध्यक्ष हुन् ।
विरासत जोगाउने चुनौति
२० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा कांग्रेसलाई आफ्नो पुरानो बिरासत जोगाउने चुनौति छ । किनकि दोस्रो संविधानसभा चुनावमा कांग्रेसले दाङका सबै पाँचवटै क्षेत्र जितेको थियो ।
दाङका स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता घोराही उपमहानगरपालिकामा छन् । ७८ हजार ४१९ मतदाता रहेको घोराही उपमहानगरपालिकामा साविकको घोराही नगरपालिका, त्रिपुर नगरपालिका (ढिकपुर, नारायणपुर र हापुर गाविस), लक्ष्मीपुर, रामपुर, धर्ना, सौंडियार र सैघा गाविस पर्दछन् ।
विगतलाई हेर्ने हो भने घोराहीमा कांग्रेसको पकड देखिन्छ । ०४९ सालको स्थानीय चुनावमा कांग्रेसका यज्ञबहादुर डाँगी घोराहीको मेयरमा चुनिएका थिए । तर ०५४ को चुनावको परिणाम एमालेको पक्षमा गयो र मेयरमा अमरबहादुर डाँगी निर्वाचित भए ।
माओवादी युद्धमै भएकाले ०५४ को चुनावमा भाग लिएको थिएन । शान्ति प्रक्रिया लगत्तै ०६४ मा भएको पहिलो संविधानसभा चुनावमा भने सदरमुकाम घोराही रहेको दाङ क्षेत्र नम्बर ३ सहित जिल्लाका सबै पाँचवटै निर्वाचन क्षेत्रमा माओवादी विजयी भएको थियो । दाङ क्षेत्र नम्बर ३ बाट माओवादी नेता कृष्णबहादुर महरा विजयी भएका थिए ।
त्यसको ६ वर्षपछि अर्थात् ०७० सालमा भएको दोस्रो संविधान सभा चुनावमा भने कांग्रेसको पक्षमा पासा पल्टियो । कांग्रेसले दाङमा ‘क्लिन स्वीप’ गर्योए । दाङ क्षेत्र नम्बर ३ बाट माओवादीका निर्मल आचार्यलाई पछि पार्दै कांग्रेसका राजु खनाल विजयी भए । माओवादीका आचार्य र कांग्रेसका खनालबीच ससुरा-ज्वाइँको सम्बन्ध छ ।
तत्कालीन तीन नम्बर क्षेत्रमा पर्ने घोराहीका धर्ना, सौडियार, ढिकपुर, नारायणपुर र हापुर गाविसबाट कांग्रेस भारी मतान्तरले विजयी भएको थियो । एमालेको ७ हजार ५ सय, माओवादीको सात हजार र कांग्रेसको पक्षमा १५ हजार ५ सय मत खसेको थियो ।
दुई नम्बर क्षेत्रमा परेका रामपुर, लक्ष्मीपुर, सैघा, स्युजा, काभ्रे, लोहारपानी, हाँसिपुर, सिसहनिया र लालमटिया गाविस गाभिएका थिए, जहाँबाट कांग्रेसकै उम्मेदवार सुशीला चौधरी विजयी भएकी थिइन् ।
अहिले घोराही उपमहानगरपालिकामा साविकको त्रिपुर, सौडियार र धर्ना गाविसलाई पनि घोराही उपमहानगरमै गाभिएको छ । यस्तै साविकको दुई नम्बर क्षेत्रका सैघा रामपुर, लक्ष्मीपुर गाविस पनि घोराही उपमहानगरमै पर्दछन् ।
त्यसैले कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले आफ्नो पक्षमा चुनावी परिणाम आउनेमा विश्वस्त रहेको बताए ।