वडाबासीहरुको हक हित र बिकासको लागी स्वतन्त्र उम्मेद्वारी दिए: रितेश कुमार शर्मा
प्रकाशित मिति : २०७४, ६ असार मंगलवार ००:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अषार १४ आउदै गरेको स्थानिय तहको निर्बाचन यति खेर नेपालगंज उपमहानगरपालिकामा पनि धेरै तात्तिरहेको छ । हरेक उम्मेद्वारहरु आफ्नो प्रचार प्रसारमा लागिरहेका छन् ।यहि सन्दर्भमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ६ बाट पनि बिभिन्न पार्टीले उम्मेद्वारी दिइसकेका छन् भने एक जनाले मात्रै त्यस वडामा अधक्ष्य पदका लागी स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।यस निर्बाचन वडा नेपालगंज -६ निबासी रितेश कुमार शर्माले त्यस वडा बाट स्वतन्त्र उम्मेद्वारी दिई सक्नु भएको छ।यसै सन्दर्भमा अधक्ष्य पदका स्वतन्त्र उम्मेदवार शर्मा सग बागेश्वोरीपोस्टडटकमले गरेको कुराकानी ।
Advertisement
तपाइले स्वतन्त्र उम्मेद्वारी किन दिनुभएको हो?
म पहिले देखीनै समाज सेवा रुचाउने मान्छे ।तशर्थ मैले विभिन्न खालका विधा बाट समाज सेवा गरेको छु ।मैले एउटा बिद्यालय समेत संचालन गरेको छु र पहिले पनि म कानुन ब्याबसायीको रुपमा जनताको सेवा पनि गरीसकेको छु । अहिले २० बर्ष पछि हुन गईरहेको स्थानिय तहको निर्बाचनमा मैले नेपालगंज उपमहानगरपालिकाको वडा नम्बर ६ बाट अधक्ष्य पदमा स्वतन्त्र उम्मेदवार दिएको छु किन भने यस अघिका निर्बाचनमा कतिले जिते तर कसैले वडाको निम्ति राम्रा कामहरु मैले देखिन ।अहिले हुन गईरहेको निर्बाचनमा कुनै पार्टी बाट राम्रो उम्मेदवार नदेखेको कारणले गर्दा हाम्रो वडाबासीहरुको हक हित र बिकासको लागी स्वतन्त्र उम्मेद्वारी दिएको हु ।
तपाईलाई भोट के आधारले दिने र तपाइले जित्ने आधारहरु के के हुन् ?
म कुनै पनि राजनीतिक दल सग आबद्द नभई जनताको सेवाका लागी निस्वार्थ रुपले तल्लिन रहदै आएको मान्छे हु ।मैले वडाबासिहरुका लागी धेरै काम गरेको छू र गरीरहने छु ।तशर्थ उहाहरुले मेरो कामको मुल्याकन गर्नु भएको छ ।यसैले वडा नम्बर ६ बासीले मलाइ राम्रो सग चिन्नुभएको छ र मैले उहाहरुको लागि गरेको सहयोग बुझ्नुभएको छ , र मलाइ नै यसपाली जिताएर वडाको बिकाश गर्ने बाताबरण बनाउन मदत गर्नुहुनेछ भन्ने मैले ठुलो बिश्वाश लिएको छु ।
तपाईका एजेन्डाहरु के हुन् ?
निर्बाचन जित पश्चात मैले धेरै कार्य गर्नु पर्दछ , वडाको बिकाशको लागि मैले धेरै योजनाहरु बनाएको छु र ति योजनाहरु मैले पुरा गर्ने छु पनि।
१. पुरै वडा भरी टोलटोलमा फोहोर व्यवस्थापन गरी स्वच्छ शान्त सुन्दर र हराभरा टोल बनाउने
२. निरक्षर बालबलिका तथा महिला पुरुषलाई घर–घर शिक्षा दिने, शिक्षक खटाइने ।
३. साना तथा ठूला सबै व्यवसायहरुलाई व्यवसाय सञ्चालन गर्न भयरहित वातावरण सृजना गर्ने ।
४. वडा भित्र धर्मशाला र मुसाफिर खानाको निर्माण गर्ने ।
५. गरिब तथा असाहायहरुलाई व्यापार गर्नका लागि बिना धितो रु. १००००० सम्मको ऋण उपलब्ध गराउने ।
६. वडा भित्ररहेका सम्पूर्ण सामूदायिक विद्यालय तथा मदरसाहरुको सर्वेक्षण र अनुगमन गरी भौतिक पूर्वधार तथा संरचनालाई मजबूत बनाउन पहल गर्ने
७. एक वर्ष भित्र वडामै जन स्वास्थ्य र प्रसुति सेवा दिने स्वास्थ्य चौकीको निर्माण गर्ने ।
८. गरिब वर्गकालाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने ।
९ . गरिब बेरोजगार महिला तथा युवाहरुलाई विभिन्न शिपमूलक तालिम दिई रोजगारीको व्यवस्था गर्ने ।
१०. गरिबीको कारण विद्युत् बिल भुक्तानी नभई विद्युत् काटिएका परिवारलाई विशेष छूट दिलाई पुनः उज्यालो बसाउन पहल गर्ने ।
११. वडा क्षेत्र भित्र रहेका सरकारी तथा गुठी जग्गाको संरक्षण र प्रवद्धन गर्ने ।
१२. नया“ विचार, नया“ नेतृत्व र नया“ ढाचाको नमुना विकास गर्ने ।
१३. वडा क्षेत्र भित्रका सबै ठाउका सौर्य बत्ति जडान गरी उज्यालो बस्ती बनाउने ।
१४. जनतालाई दिइने सेवा छिटो, छारितो तथा प्रभावकारी बनाउने ।
१५. सबै भन्दा पहिला मंदिर, मस्जिदको बाटोमा ध्यान दिने र बनाउन लगाउने ।
१६. वडा बासीको लागि एउटा एम्बुलेन्सको व्यवस्था गर्ने ।
१७. अपूर्ण कामको तीर्व गतिले निरन्तरता दिदैं छिटो भन्दा छिटो पूर्णता दिने ।
१८. विभिन्न धर्म, सामुदाय बीच भाईचाराको सम्बन्धलाई मजबूत बनाउने ।
१९. प्राचिन धार्मिक तथा सा“स्कृतिक सम्पदाहरुको संरक्षण गर्ने ।
२०. विधवा तथा जेष्ठ नागरिक लगायत सम्पूर्णलाई सामाजिक सुरक्षा भत्ता घर–घर उपलब्ध गराइने ।
२१: सडक निर्माण कार्य गर्ने ।
अन्त्यमा वडाबासी मतदाताहरुलाई केहि भन्न चाहानुहुन्छ ?
मेरा आदरणीय मतदाताज्यू्हरुमा नमस्कार, म पनि पार्टीको छत्रछायामा होइन जनताको छत्र छायामा उत्रिरिएको छु । इमानदारीको कर्मका साथ वडा विकास र स्वच्छ सामाजको निर्माण गर्न सदा तत्पर रही तपाईहरुको हकहीत र अधिकारहरुलाई संरक्षण गर्न दिन रात खटिने कसम खाई तपाई हामीहरुको वडालाई दुई वर्षभित्र नमूना वडाको रुपमा प्रस्तुत गर्ने प्रण सहितको हाम्रो वडाको वडा अध्यक्षको स्वतन्त्र उम्मेदवारीलाई स्वीकारी अत्यधिक बहुमतले मलाइ बिजयी गराउन हुन सम्पूर्ण वडा बासी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु ।
म विश्वासका साथ भन्दै छु तपाईहरुलाई भन्ने बाटो दिंदैन ।
स्थानिय चुनावमा पार्टी हेरेर होइन गतिलो मान्छे चाहिन्छ, म विश्वास्त छु कि तपाईहरुलाई जति पनि चाहे जुन पनि पार्टीले घरदैलोमा जति पनि भन्छन् कि मेरो पार्टीमा भोट दिनु तर तपाईहरु आफनो अमूल्य भोट मान्छे हेरेर दिनु किनकी भोली दिनमा तेही मान्छे तपाईको घर आगनको वडा कार्यालयमा तपाईहरु सबै काम स्थानिय वडा बाटै सम्पूर्ण सेवा सुविधा दिने व्यक्ति हुन्छ ।
नाता त्यो होइन जो दुनियालाई देखाईन्छ । नाता रिस्ता अरु सच्चा साथी त्यो हो जुन मन देखि भित्राइन्छ, आफनो भन्दैमा कोही त्यसै हुदैन आफनो त त्यो हुन्छ जसलाई मनैले जिताईन्छ ,बिजयी गराईन्छ ।