स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लाबाट सात जना पत्रकार उमेदवार
प्रकाशित मिति : २०७४, ६ असार मंगलवार १७:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगन्ज । स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लाबाट सात जना पत्रकार उमेदवारलाइ आज एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ बाँकेले शुभकामना आदान प्रसाद गरेको छ ।
आठ वटा तह रहेको बाँकेमा पत्रकारिता क्षेत्रमा आवद्ध रहेका सात जना उमेदवार औपचारिक रूपमा विजयीको शुभकामना दिएको छ । उमेदवारी दिनेमा नेपाली कांग्रेसबाट नेपालगञ्ज उपमहानगरको उपमेयर पदमा उमा थापा मगर, खजुरा गाउँपालिकाको उपाध्यक्षमा दीपा आले ,एमालेबाट डुडुवा गाउँपालिकाको अध्यक्षमा सकिल खान, नेपालगञ्ज उपमहानगरपालिकाको १० नम्बर वडा सदस्यमा अक्षरी पोखरेलले उमेदवारी दिएका छन् ।
माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको पाँच नम्बर वडाध्यक्षमा शिव सुनारले, नेपालगञ्ज उपमहानगरपालिकाको चार नम्बर वडाको सदस्यकमा मेराज सल्मानी उठेका छन् । यस्तै स्वतन्त्रबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० को वडाध्यक्ष पदमा वीरेन्द्रप्रकाश पुनको उम्मेद्धारी दर्ता गरेका छन् ।
Advertisement