क्षेत्र नम्बर ४ कांग्रेसको ताला खुल्यो
प्रकाशित मिति : २०७४, ६ असार मंगलवार २०:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
खजुरा:टिकटको विषयलाई लिएर बाँकेको क्षेत्र नम्बर ४ को कांग्रेस पार्टी कार्यालयमा लागेको ताला आज खुलेको छ । खजुरा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षको टिकटको विषयलाई लिएर लगाइएको ताला आज खुलेको हो।
जिल्ला तथा क्षेत्रका नेताहरुको सहभागितामा आयोजित छलफलपछि ताला खोलिएको हो । पूर्व जिल्ला सभापतिहरु युवराज शर्मा, सनतकुमार रेग्मी, गजेन्द्र हमाल, पूर्व सांसद् कृष्णसिंह परियार, जिल्ला सचिव कपिल शर्मा, नेपाली कांग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरी, क्षेत्रीय सभापति एवम् खजुरा गाउँपालिकाका अध्यक्ष उम्मेदवार नक्की खाँ, महासमिति सदस्य मेघराज ओली, पूर्व क्षेत्रीय सभापति उत्तमराज घिमिरे, क्षेत्रीय सचिव ज्ञान वहादुर ओली, क्षेत्रीय संगठन शाखा प्रमुख जीवनाथ सापकोटा, खजुरा गाउँपालिकाका नेपाली कांग्रेस सभापति शेर बहादुर गुरुङ लगायतको उपस्थिति र सहभागितामा ताला खोलिएको हो ।
क्षेत्रीय कार्यसमितिले ३ नम्बर वडामा अध्यक्ष उम्मेदवारका लागि सिफरिस गरेका नरबहादुर खड्का समेतको उपस्थितिमा ताला खोलिएको जिल्ला सचिव शर्माले बताउनुभयो । नेपाली कांग्रेसलाई जिताउन अब सबै एक ढिक्का भएर लाग्ने सहमतिका साथ ताला खोलिएको शर्माले जानकारी दिनुभयो । त्यस क्षेत्रमा नेपाली कांग्रेसको विजयलाई सुनिश्चित गर्न आक्रामक प्रचार शैलीका साथ घरदैलो र प्रचारप्रचारमा जुट्ने सबैले प्रतिबद्धता जनाएका छन् ।
केही असन्तुष्टि भएपनि पार्टीलाई जिताउने महाअभियानमा सरिक हुँदै प्रचारप्रचारलाई व्यापक बनाउने र कांगेसको पक्षमा जनलहर सिर्जना गर्न ताला खोलिएको असन्तुष्त नेता कार्यकर्ताले बताएका छन् । यो संगै त्यस क्षेत्रमा देखिएको विवाद साम्य भएको छ । नेताहरुको एकतापछि कांग्रेसका कार्यकर्ता एवम् शुभेच्छकुहरु हौसिएका छन् । उम्मेदवार मनोनयनका दिन पार्टी कार्यालयमा ताला लगाइएको थियो ।
Advertisement