“सिमरी गाँउलार्इ कोहलपुरनगर जोड्ने पक्कि पुलको निर्माण गरीने”
प्रकाशित मिति : २०७४, ६ असार मंगलवार २०:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, कोहलपुर । कोहलपुर नगरपालिकाको नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर नगपालिकाको विकट वडाका रुपमा चिनिने सिमरी गााउलाइ कोहलपुरनगर जोड्ने पक्कि पुलको निर्माण गरीने बताउनुभएको छ ।
२०२० सालमा बनाइएको झोङ्गे पुल पनि खोलाले बगाए पछि निर्माणधिन झोलुङगे पुलबाट त्यस क्षेत्रका क्षेत्रका स्थानियहरु आवतजावत गरीरहेका छन् । उम्मेद्धारी दर्ता पछि जनता घरदैलो अभियानमा अज सशक्त भएर अभियानमा मंगलबार कोहलपुर नगरपालिकाको वडा नम्बर १३ सिमीरी गाँउ पुग्नुभएका भट्राइले यस यस क्षेत्रमा डुडुवा नदिले बर्षाको समयमा धेरै नदि कटान तथा डुवानको समस्या भएकाले आफ्नो चुनावी एजेन्डमा यस क्षेत्रका तटबन्द गर्ने प्रमुख एजेन्डा बनाएको बताउनुभयो ।
घरदैलो अभियान अन्तर्गत आजै कोहलपुर वडा नम्बर १३ कै भरैया तथा खड्वार पुग्नुभएका भट्राइले यस क्षेत्रको समस्या बाँके राष्ट्रिय निकुञ्जको बफर जोन भएकाले बन्यजन्तुबाट हुने हानी नोक्सानी तथा क्षेतीपूर्तीको व्यवस्था संगै यस क्षेत्रलाइ बाँके जिल्लाकै पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न आफ्नो योजना रहेको बताउनुभएको छ । बन्यजन्तुले आक्रमण गरी ५ लाख दिने व्यवस्था रहेकोमा नेपाली कांग्रसकै सरकारका बेला १० लाख बनाएको पनि जानकारी गराउनुभयो ।
त्यस्तै उपमेयर पदकी उम्मेद्वार सन्जु कुमारी थारुले महिला तथा युवाका क्षेत्रमा आफुले विशेष किसीमको योजना रहेको बताउनुभयो । घरदैलो े कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगरसभापति बलराम शर्मा, नारायण सिग्देल, राजेन्द्र श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Advertisement