आजदेखि निर्वाचन आचार संहितामा अनुगमन सुरु
प्रकाशित मिति : २०७४, ७ असार बुधबार १४:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
नेपालगंज । दोस्रो चरण निर्वाचनका लागि उम्मेदवारहरुले आजदेखि चुनाव प्रचारको आधिकारिक समय पाएका छन् । हिजो उम्मेदवारहरुले चुनाव चिह्न पाएका छन् ।
संसद भित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको स्वतन्त्र चिह्न पाएका हुन् । उम्मेदवारले आजदेखि अब प्रचारप्रसारका लागि जम्मा पाँच दिन पाएका छन् । निर्वाचन मितिभन्दा ४८ घण्टापूर्व मौन अवधि सुरु हुन्छ । त्यस बेला दल वा उम्मेदवार प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् । आयोगले प्रचारप्रसार, जुलुस, आमसभा, र्याली, सवारीसाधन प्रयोग, पोस्टर, पम्प्लेट, झन्डा, निर्वाचन खर्च सबैको मापदण्ड तोकेको छ ।
आजदेखि निर्वाचन आचार संहिताको पनि आयोगले अनुगन गर्ने भएको छ । तोकिएको मापदण्ड अनुसार खर्च भए वा नभएका विषयमा पनि आयोगले अनुगमन गर्नेछ । आचारसंहिताले प्रचार खर्चमा पनि सीमा तोकिदिएको छ ।
महानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारले अधिकतम ७ लाख ५० हजार, अन्यले ३ लाख रुपैयाँसम्म चुनावी प्रयोजनमा खर्च गर्न पाउँछन् । अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार र वडाध्यक्ष र सदस्यले १ लाख ५० हजारसम्म खर्चन पाउने आचार संहितामा व्यवस्था छ ।