हामीले निर्वाचन जितिसक्यौ, अब घोषणा हुन मात्र बाँकी छ : उपमेयर थारु
प्रकाशित मिति : २०७४, ८ असार बिहीबार १४:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ५ का मतदाताहरुले नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई भव्य स्वागत गरेका छन् ।स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रसबाट नगपालिका प्रमुख, उप प्रमुख एवम् वडाध्यक्ष सहितका पदाधिकारीहरुलाई घरदैलो कार्यक्रममा मतदाताहरुले पूmल, माला र अविरले स्वागत गरेका हुन् ।
वडा नं. ५ का मतदाताहरुले नगरपालिका प्रमुख पदका उम्मेद्वार भानुभक्त भट्टराई, उप प्रमुख पदका उम्मेद्वार सञ्जु कुमारी थारु, वडाध्यक्ष पदका उम्मेद्वार विष्णु तिवारी सहितको टिमलाई वडाका जेष्ठ नागरीकहरुले निर्वानमा बिजयी हुने कामना सहित आशिर्वाद समेत दिएका छन् । वडासावीको माया र सद्भाव पाइसकेपनि मेयर पदका उम्मेद्वार भट्टराईले नगरपालिका अन्र्तगतका सबै स्थानीय तहमा नेपाली काँग्रेसले नै जीत हासिल गर्ने विश्वास व्यक्त गरे । उनले भने –“जुन वडा तथा टोलमा नेपाली काँग्रेसको पकड कम छ भनेर प्रचार गरिएको थियो, तिनै वडा तथा टोलहरुमा मतदाताहरुको साथ र सहयोग हामीले अनुभूती गरेका छौ ।”
वडा नं. ५ को शन्तिनगर, एनसिसिएन, उदयनगर, प्रगतिनगर मा मतदाताहरु स्वतःस्फुर्त रुपमा घरदैलो कार्यक्रममा सहभागि भएका छन् । मतदाताहरु मेयर, उप मेयर र वडाका पदाधिकारीलाई हातमा पूmल माला लिएर स्वागत गर्न आतुर देखिएका थिए । घरपिच्छे मतदाताहरुले आपूmहरुलाई पूmल माला, अविरले स्वागत गरेपछि निर्वाचन अघि नै विजयी भइसकेको भान भएको उप मेयर पदकी उम्मेद्वार सञ्जु चौधरी बताउँछिन् । उनी –“भन्छिन् हामीले निर्वाचन जितिसक्यौ, अब घोषणा हुन मात्र बाँकी छ ।”
यस्तै घरदैलो कार्यक्रमको बीचमा आयोजना गरिएको चुनावी कोण सभामा सम्बृद्ध कोहलपुर बनाउने अभियानबाट कहिलै पनि विचलित नहुने मेयर पदका उम्मेद्वार भट्टराईले प्रतिबद्धता जनाएका छन् । वडा नं. ५ को विकास निर्माणमा आपूmले हिजो गरेको पहल तथा अग्रसरतालाई अझ नजिकबाट बुझ्न र विकासको अनुभूति गर्न सम्पूर्ण मतदाताहरुलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेको छन् । आज वडा नं. ५ को घरदैलो कार्यक्रम पछि वडा नं. ६ को थारु गाउँमा चुनावी कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस कोहलपुरले जनाएका छ ।
Advertisement