बाँके कांग्रेसको चुनावी कार्यक्रम तिव्र
प्रकाशित मिति : २०७४, ९ असार शुक्रबार ०९:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । चुनावको मिति नजिकिएसँगै नेपाली काँग्रेस बाँकेले घरदैलो अभियानलाई थप सशक्त र प्रभावकारी बनाउँदै लगेको छ । नेपाली कँगे्रस बाँकेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेश कुमार कनोडिया, उपमेयर उम्मेदवार उमा थापा मगर लगायत वडा अध्यक्ष, सदस्यसहितका उम्मेदवारले आज बजार क्षेत्रमा प्रचारप्रसार तीब्र पारे । विहान भेरी अञ्चल अस्पतालबाट शुरु प्रचार अभियानमा काँगे्रसका उम्मेदवारहरुले मतदातालाई भेट्दै काँगे्रसलाई जिताउन अपील गरेका छन् । नगर विकासको प्रतिवद्धता पत्रसहित त्रिवेणीमोडसम्म पुगेर मत मागे ।
यस्तै एकलैनी मोडमा भएको कोणसभालाई सम्वोधन गर्दै डा. कनोडियाले नगरको समग्र विकास गर्न मेयरमा प्रतिष्पर्धामा उत्रिएकाले मतदान गरेर अवसर प्रदान गर्न आग्रह गर्नुभयो । आजै धम्बोझीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. कनोडियाले नेपालगञ्जको विकासको भोक आफूलाई भएकाले रुखमा मतदान गरी जिताउन आह्वान गर्नुभयो । ‘समृद्ध नेपालगञ्ज बनाउने मेरो अठोट हो, तपाईंहरु मतदान गरेर मलाई जिताउनुहोस्, यहाँको मुहार नै फेरिनेछ’, कनोडियाले भन्नुभयो । उपमेयर उम्मेदवार थापा मगरले सुन्दर, शान्त र समृद्ध नेपालगञ्ज बनाउने मिसन र भिजन आफूहरुसंग रहेकाले रुखमा मतदान गर्न आग्रह गर्नुभयो ।
Advertisement
जानकी गाउँपालिकामा पनि काँग्रेसले चुनावी अभियानलाई तीब्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ अस्वस्थ भएपछि उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादवको अगुवाईमा आज बखतपुरुवा गाउँमा घरदैलो गरिएको हो । ६ वटा वडा रहेको जानकी गाउँपालिकाका अधिकांश मतदातालाई भेटिसकिएको भन्दै यादवले अझैं पनि भेट्ने क्रम जारी रहेको वताउनुभयो ।
खजुरा गाउँपालिकाकाको मनिकापुरमा आज विभिन्न पार्टी परित्याग गरी ६० बढी कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई काँग्रेसमा भित्र्याइएको गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार नक्की खाँले जानकारी दिनुभयो । ‘खजुरा गाउँपालिका काँँग्रेसमय बन्दै गएको छ, खाँले भन्नुभयो–‘आज पनि घरदैलो, चुनावी सभा, कोणसभा लगायतका कार्यक्रम गरिए ।’
सयौं कार्यकर्ताहरु घरदैलो अभियानमा सहभागी भएको जानकारी दिँदै खाँले आज खजुराको ‘क’ गाउँ, मनकामना, रनियापुर लगायतका ठाउँका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिएको बताउनुभयो ।
६ वटा वडा रहेको राप्तीपारीको नरैनापुर गाउँपालिकामा पनि काँग्रेसले चुनावी अभियानलाई आज पनि जारी राख्यो । करिब १५ हजार मतदाता रहेको नरैनापुरमा अध्यक्षका उम्मेदवार रामचन्द्र मौर्य, उपाध्यक्षका उम्मेदवार अति कुन्जी साह लगायत काँग्रेसका सयौं कार्यकर्ता तथा नेताहरु सहभागी टोलीले आज वडा नम्वर ४ र ५ मा घरदैलो गरेको छ ।
त्यसक्रममा मतदाताहरुले भौतिक पूर्वाधार विकास गर्न उम्मेदवारहरुलाई सुझाव दिएका थिए । ‘हामीलाई काँग्रेस बाहेक अरु कसैको विश्वास छैन, मतदाताहरुकोे सामुहिक भनाई थियो–‘गरेको प्रतिबद्धता पूरा गर्नुहोला ।’
काँग्रेसले राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरलाई केन्द्रित गरी केही दिनयता चुनावी प्रचारप्रसार तीब्र बनाएको छ । केही दिन देखि निरन्तर फत्तेपुरका विभिन्न गाउँहरुमा चुनावी सभा, घरदैलो जारी राखेको काँग्रेसले आज पनि चुनावी सभा ग¥यो । क्षेत्रीय सभापति माधवराम खत्रीका अनुसार फत्तेपुर सबैभन्दा ठूलो वडा रहेकाले सबै मतदातालाई सकेसम्म भेट्ने काम भइरहेको छ । गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लाहुराम थारुसहित काँग्रेसका जिल्लास्तरीय नेता समेत सहभागी चुनावी अभियानले काँग्रेसप्रति जनलहर बढेको छ । उपाध्यक्ष पदका उम्मेदवार धनीकुमारी खत्रीका दाईको निधन भएकाले खत्री भने आज चुनावी अभियानमा सहभागी हुन पाउनुभएन ।
उता बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेपुरमा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल टिटिहिरियाका अध्यक्ष विमलसिंह ठकुरीको नेतृत्वमा सय जना कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस बाँकेका सचिव कपिलदेब शर्माले जानकारी दिनुभयो । उनीहरुलाई बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार देवबहादुर खत्री र उपाध्यक्ष उम्मेदवार भावना चौधरीले पार्टी प्रबेश गराउनुभएको हो ।
८ वटा वडा रहेको बैजनाथ गाउँपालिकामा आज आधा दर्जन गाउँमा चुनावीसभा, घरदैलो लगायतका कार्यक्रम गरिएको अध्यक्षका उम्मेदवार खत्रीले बताउनुभयो । उहाँका अनुसार फत्तेनगर, हस्नापुर, बेलडाँडी, शक्तिनगर, सम्झना चोक लगाायतका गाउँमा घरदैलो तथा चुनावी सभा गरिएको हो । बैजनाथमा २५ हजार ६ सय ४० मतदाता छन् ।
डुडुवा गाउँपालिकामा पनि आज चुनावी सभा, घरदैलो गरिएको अध्यक्षका उम्मेदवार नरेन्द्र चौधरीले वताउनुभयो । उहाँका अनुसार काँग्रेसका जिल्लास्तरीय नेताहरुको सहभागितामा घरदैलो तथा चुनावीसभा गरिएको हो ।