‘लोकतन्त्रमा विश्वास गर्ने पार्टी कांग्रेस नै हाम्रो रोजाईं’
प्रकाशित मिति : २०७४, ९ असार शुक्रबार १९:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज:नेपालगञ्जको मुस्लिम समुदायले लोकतन्त्रप्रति विश्वास राख्ने पार्टी नेपाली कांग्रेसलाई नै मत दिने बताएका छन् । घरदैलो अभियानका क्रममा विभिन्न मस्जिदहरुमा पुगेका नेपाली काँग्रेसका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कनोडिया र उपमेयर उम्मेदवार उमा थामामगर लगायतका काँग्रेसी नेता तथा कार्यकतासँग उनीहरुले लोकतन्त्रमा विश्वास राख्ने पार्टी काँग्रेस भएकाले मुस्लिम समुदायको भोट काँग्रेसलाई नै दिने विश्वास दिलाए ।
मुस्लिम समुदायको हकअधिकार संबिधानमा सुनिश्चित गर्ने पाटी काँग्रेस भएको उनीहरुको भनाई
थियो । ‘मुस्लिम अगुवा तथा सांसद् अव्दुल हमिद सिद्दिकी ‘भोला’ले नेपालगञ्जमा अधिकांश मुस्लिम समुदाय लोकतन्त्रमा विश्वास राख्छन्, उहाँले भन्नुभयो–‘सुशील कोइरालाकै नेतृत्वमा संबिधान जारी भएकाले त्यसको कार्यान्वयनका लागि पनि काँग्रेसलाई जिताउनुपर्छ ।’
Advertisement
मेयर उम्मेदवार कनोडियाले दशकौं अघिदेखि स्वास्थ्य सेवामा समर्पित भएपनि अब राजनीतिक माध्यमबाट नगरको विकास गर्ने विश्वास दिलाउनुभयो । उम्मेदवारलाई उत्साहका साथ स्वागत गरिरहेका मुस्लिम अगुवाहरुले मस्जिदहरुको पूर्वाधार निर्माणमा पहल गरिदिन पनि कनोडियालाई आग्रह गरेका थिए ।
जवाफमा उहाँले मुस्लिम तथा मधेशी समुदायको हकअधिकार स्थापित गराउन आप्mनो भरमग्धुर प्रयास हुने बताउनुभयो । आज नेपाली मस्जिद तब्लिगी, मरकज, साहावर र छोटी जामा मस्जिदमा पुगेर कनोडिया, थापा लगायतले आप्mनो पक्षमा मतदान गर्न अपिल गर्नुभएको थियो । यसैबीच मेयर उम्मेदवार कनोडिया र उपमेयर उम्मेदवार थापामगरले आजै हिरमिनियाको लालपुरुवा, महेन्द्र बहुमुखी क्याम्पस पछाडीको वस्तीमा घरदैलो गरेको छ । आजै घरबारीटोलमा पनि घरदैलो र कोणसभा गरिएको प्रचारप्रचार संयोजक सुरेन्द्र हमालले जानकारी दिनुभयो ।
जिल्लाका अन्य ७ स्थानीय तहका कांग्रेस उम्मेदवारहरुले पनि घरदैलो, भेटघाट र कोणसभालाई निरन्तरता दिएका छन् । कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार भानुभक्त भट्टराई, उपमेयर उम्मेदवार सञ्जु कुमारी थारु, खजुराका अध्यक्ष उम्मेदवार मोहम्मद नक्की खाँ, उपाध्यक्ष उम्मेदवार दिपा आले मगर, जानकी गाउँपालिकाका अध्यक्ष उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष उम्मेदवार रामप्यारी यादवले विभिन्न ठाउँमा घरदैलो गर्नुभएको छ ।
उता राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष उम्मेदवार लाहुराम थारु, उपाध्यक्ष उम्मेदवार धनकुमारी खत्री, नरैनापुर गाउँपालिकाका अध्यक्ष उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्ष उम्मेदवार अतिकुञ्जी साह, बैजनाथ गाउँपालिकाका अध्यक्ष उम्मेदवार देवबहादुर खत्री र उपाध्यक्ष उम्मेदवार भावना चौधरी, डुडुवा गाउँपालिकाका अध्यक्ष उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष उम्मेदवार साहिदा बानोले पनि घरदैलो र मतदाता भेटघाटलाई जारी राखेका नेपाली कांग्रेस बाँकेले जनाएको छ ।