बाँकेमा भोलिदेखी मदिरा बेच्न तथा सेवन गर्न निशेधित
प्रकाशित मिति : २०७४, ९ असार शुक्रबार २०:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगन्ज । बाँकेमा भोलिदेखी मदिरा बेच्न तथा सेवन गर्न निशेधित गरेको छ । आसन्न असार १४ गते स्थानिय तहको निर्वाचनलाइ मध्यनजर गदै मदिरा सेवनबाट हुने क्षतीलाइ कम गर्नका लागि मदिरा निषेधित गरीएको बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राइले बताउनुभयो ।
यसै अन्र्तग तगत चार दिनदेखी अवैध मदिरा नियन्त्रण अभियान अनतगत आज कोहलपुर प्रहरीले ४ सय लिटर मदिरा नियन्त्रण गरेको छ । नगरका कौशिलानगर, रझेना तथा खड्गवार क्षेत्रमा चेकजाँच गर्ने क्रममा अन्र्तगत आज पनि ४ सय लिटर भन्दा बढ्री मदिरा नियन्त्रणमा लिएको छ ।
मदिरा उत्पादन गर्ने भाँडासमेत बरामद गरि नष्ट गरिएको डिएसपी सुरेशप्रसाद काफ्लले जानकारी दिनुभयो । प्रहरी नगरका विभिन्न ठाउँमा छापा मारेर घरेलु अवैध मदिरा नियन्त्रण र नष्ट गरेको छ । यस्तै निर्वाचनको अवधिसम्म रात्री समयमा समूहमा हिड्न, होहल्ला गर्न र गैरकानुनी कार्य रोक्न समेत नगरबासीमा आग्रह गरेको छ ।
प्रहरीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा समेत पारेको छ ।
Advertisement