क्रिश्चियन पास्टरहरुद्धारा कांगेस कोहलपुर नगरपालिका मेयरका उम्मेदवारलाइ ध्यानाकर्षपत्र
प्रकाशित मिति : २०७४, ९ असार शुक्रबार २०:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर । कोहलपुर क्षेत्रका रहेका क्रिश्चियन समुदायका धर्मगुरु पास्टहरुद्धारा नेपाली कांगेस कोहलपुर नगरपालिका मेयरका उम्मेदवारद्धय भानुभक्त भट्राइ र उपमेयरकी उम्मेदवार सन्जु कुमारी थारुलाइ घोषणपत्रमा आफ्ना समुदायका मुद्धाहरु सम्बोधन गरीदिन आग्रह गरेका छन् ।
आज नेपाली कांगेस कोहलपुर नगर सचिवालयमा गइ मेयरका उम्मेदवार भानुभक्त भट्राइ र उपमेयरकी उम्मेदवार सन्जु कुमारी थारुलाइ आफ्ना ३ बुदे ध्याकर्षण पत्र कोहलपुर क्षेत्रका सम्पूर्ण क्रिश्चियन समूदायका माग भएकोले विजयी भएका सम्बोधन गरीदिन सामुहिक रुपमा आग्रह गरेका छन् ।
बाँके जिल्लाकै सवैभन्दा धेरै क्रिश्चियन समुदायको बाहुल्यता रहेको कोहलपुर क्षेत्रमा रहेका ३१ वटा चर्चका धर्मगुरु पास्टरहरुले आफ्ना समूदायका मागहरु सम्बोधन गरीदिन आग्रह गरेका हुन् । क्रिश्चियन समुदायका लागि (कब्रस्थान) समाधिस्थानको व्यवस्था गरीदिन, चर्चहरुहरु व्यक्तिगत तथा भाँडाका घरहरुमा सञ्चालन भइरहेकाले चर्चहरुका लागी जग्गा छुट्याइदिन तथा क्रिश्यिन समुदायको एक मात्र महत्वपूर्ण पर्व क्रिसमसमा सार्वजनिक विदा दिका लागि सरकारलाइ पहल गरीदिन जस्ता मागहरु राखीएको कोहलपुर एरीया पास्टर संगतीका अध्यक्ष नन्दलाल घर्तीले आग्रह गर्नुभयो ।
बाँके जिल्लाकै सवैभन्दा धेरै क्रिश्चियन समुदायको बाहुल्यता रहेको कोहलपुर क्षेत्रमा रहेका ३१ वटा चर्चका धर्मगुरु पास्टरहरुले आफ्ना समूदायका मागहरु सम्बोधन गरीदिन आग्रह गरेका हुन् । संविधानमा सवै धर्मलाइ बराबर हक र धार्मिक स्वतन्त्रता दिए पनि आफ्ना समुदायका व्यक्तिहरुले भने राज्यले दिने हरेक सेवा ,सुविधाबाट बन्चित हुनु परेको दुखेसो पोखेका छन् । नेपाली कांग्रसलले कोहलपुर नगर क्षेत्रमा जितेमा आफ्ना मुद्धाहरुलाइ सम्बोधन गर्ने अपेक्षाका साथ ध्यानकर्ष पत्र बुझाइएको बाँके इसाइ समाज बाँकेका अध्यक्ष धन बहादुर पाण्डेले बताउनुभयो । मागहरुलाइ सम्बोधन गर्दै नेपाली कांगेस कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार भानुभक्त भट्राइले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारीगरेको संविधानमा सवै जातजाती, भाषाभाषी तथा धर्म समुदायका व्यक्तिलाइ धार्मिक स्वतन्त्रता प्रदान गरेकाले आफु विजयी भएका क्रिश्यिन समुदायका मागहरुलाइ सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा सामुहिक रुपमा मेयर तथा उपमेयरका उम्मेलवारलाइ विजयको सफताका लागि सामुहिक रुपमा प्राथना समेत गरीएको थियो । कार्यक्रममा कोहलपुर क्षेत्रका पास्तर तथा अगुवाहरुको सहभागिता रहेको थियो ।
Advertisement