रोल्पामा माओवादीलाई चिप्ल्याउन नेकपा माओवादी सफल होला?
प्रकाशित मिति : २०७४, १२ असार सोमबार १९:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रोल्पा: दोस्रो चरणको निर्वाचनमा दलहरूले देशका विभिन्न स्थानमा आफूअनुकूल तालमेलको संस्कृतिलाई प्रश्रय दिइरहेका छन् । रोल्पाको थबाङ गाउँपलिकाको तालमेल हेर्दा त तीनछक नपर्ने सायदै कोही होला । विप्लब नेतृत्वको नेकपा माओवादीले केन्द्रीय नीतिअन्तर्गत नै पहिलो तथा दोस्रो चरणका स्थानीय निर्वाचनमा भाग नलिने नीति बनाएको थियो । पहिलो चरणको निर्वाचनलाई बिथोल्ने गरी आन्दोलनका कार्यक्रम पनि ग¥यो । दोस्रो चरणका लागि पनि आन्दोलनका कार्यक्रम तय ग¥यो । केन्द्रीय नेतृत्वले निर्वाचन बहिस्कार गर्ने नीति लिए पनि रोल्पाका विभिन्न स्थानीय तहका कार्यकर्ताले त्यसलाई मानेनन् । बरु, ३६ वर्षसम्म पार्टी कार्यालय खोल्न नसकेका अन्य राष्ट्रिय पार्टीलाई पनि कार्यालय खोल्नमा सहयोग गर्दै आफूहरू पनि निर्वाचनमा होमिए । केन्द्रीय नेतृत्व पनि तल्लो तहको निर्णयविरुद्ध जान सकेन र निर्वाचनप्रति मौन समर्थन जनायो ।
Advertisement
माओवादीको १० वर्षे द्वन्द्वको केन्द्र रोल्पामा माओवादी केन्द्रकै वर्चस्व रहेको अनुमान छ । यो अनुमान किन पनि सही छ भने माओवादी केन्द्रको विरुद्ध अन्य पार्टीहरू एक भएर चुनावी मैदानमा छन् । सरकारको सत्ता साझेदार दल माओवादी केन्द्रको विरुद्धमा कांग्रेसले विप्लबलाई साथ दिनु त रोचक छ नै, त्यो भन्दा अझै रोचक पक्ष अर्को छ, त्यो हो नेकपा माओवादीलाई प्रतिपक्षी दल एमालेको पनि साथ । यसरी थबाङमा कांग्रेस र एमालेले विप्लबलाई बुइमा चढाएका छन् भने भुइँमा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धा गर्दै छ । थबाङमा नेकपा–कांग्रेस गठबन्धनबाट नेकपाका अमित घर्तीले प्रमुखमा र कांग्रेसकी श्रीकुमारी रोकाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रले भने पूर्वबिगे्रड कमान्डर वीरबहादुर घर्तीलाई प्रमुख र नेतृ रामकिरणी रोकालाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।
थबाङ गाउँपालिकामा प्रमुख र उपप्रमुखमा दुवै पदमा उम्मेदवारी दिएको एमालेले अब प्रमुखमा नेकपा–कांग्रेस गठबन्धनबाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका अमित घर्तीलाई मतदान गर्ने बुझिएको छ । गाउँपालिका प्रमुखमा एमालेबाट उम्मेदवार बनेका हितबहादुर रोका नै नेकपाको प्रचार गर्न थालेका छन् । यता, नेकपा–कांग्रेस गठबन्धनलाई एमालेबाट पनि समर्थन हुँदा आफ्नो पार्टीलाई खासै घाटा नहुने बरु फाइदै हुने दाबी माओवादी केन्द्रको छ । गाउँपालिकाभरि जम्मा ५०–६० भोट भएको एमालेले समर्थन गर्दैमा आफूलाई असर नपर्ने उनीहरूको भनाइ छ ।
दलहरूको यो तालमेल केही हदसम्म सकारात्मक सन्देश पनि दिएको छ । निर्वाचनमा भाग नै नलिने निर्णय गरेको पार्टीलाई साथ दिएर निर्वाचनमा ल्याउनु आफैँमा सकारात्मक छ । यसले नेकपा माओवादीलाई पनि मूल धारमा ल्याउने अपेक्षा गर्न सकिन्छ । अर्कोतर्फबाट हेर्दा, राजनीतिमा को शत्रु को मित्र भन्ने कुरा तत्कालीन रणनीतिमा भर पर्छ भन्ने कुरा यो तालमेलले सिकाएको छ । कांग्रेसले माओवादीलाई मूलधारमा ल्याउन साथ दियो, त्यसमा एमालेले पनि हात थाप्यो । नेकपा माओवादीका लागि पनि प्रमुख प्रतिस्पर्धी माओवादी केन्द्रसँगको प्रतिस्पर्धामा बलियो बनायो ।
निर्वाचनको मैदानमा हेमिइसकेपछि एक पक्षको जित र अर्को पक्षको हार त अवश्य नै हुन्छ नै । तर, निर्वाचन हुने दिन नजिकिन्दै गर्दा कसले जित्ला भनेर थबाङवासीमा कौतुहलता बढेको छ ।

निर्वाचनको मैदानमा हेमिइसकेपछि एक पक्षको जित र अर्को पक्षको हार त अवश्य नै हुन्छ नै । तर, निर्वाचन हुने दिन नजिकिन्दै गर्दा कसले जित्ला भनेर थबाङवासीमा कौतुहलता बढेको छ । कांग्रेस एमालेको बुइमा बसेर भुइँको माओवादीलाई चिप्ल्याउन नेकपा माओवादी सफल होला या माओवादी केन्द्रको धक्काले आफैँ बल्ड्याङ खाला त्यो निकट भविष्यले नै बताउला ।या माओवादी केन्द्रको धक्काले आफैँ बल्ड्याङ खाला त्यो निकट भविष्यले नै बताउला ।