दाङमा पानीको झरीमा छाता ओढेर चुनावमा भोट खसाल्दै
प्रकाशित मिति : २०७४, १४ असार बुधबार ०९:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तस्बिर : दशरथ घिमिरे
तुलसीपुर :आज असार १४ । असारमा १५ मा दहिचिउरा खाने र मानो रोपेर मुरी उब्जाउने गरि धान दिवस मनाईन्छ । त्यसको पूर्ब सन्ध्यामा हुन लागेको स्थानिय तह निर्वाचनलाई मौसमले निकै चुनौती दिएको छ ।
Advertisement
दाङका पहाडी र देउखुरी क्षेत्रमा अहिले पानी परिरहेको छ । मतदाताहरु छाता ओढेर मतदान गर्न लाईनमा बसेका छन् । पटक पटक मिति सर्दै जाँदा असार १४ तोकिएपछि यस अघि नै मौसमले चुनौती सृजना गर्ने अनुमान गरिएको थियो । निर्वाचन कार्यालयले पानीबाट जोगाउनका लागि तयारी गरेको जनाएको छ ।
तस्बिर : दशरथ घिमिरे
तुलसीपुर स्थित अरनिको मैदान र बंगलाचुली गाउँपालिकामा २ मतदान केन्द्र खुला आकाश मुनी हुदा पानीले असर गर्ने देखिएको छ । त्रिपालको व्यवस्था गरिए पनि त्यो खासै प्रभाबकारी देखिएको छैन ।