बाँकेमा निर्बाचन शुरु भएको दुई घन्टामा बीस प्रतिशत मत खस्यो
प्रकाशित मिति : २०७४, १४ असार बुधबार ०९:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज: मतदान शुरु भएको २ घण्टामा नेपालगन्ज लगायत बाँकेका अधिकांश मतदान केन्द्रमा करिब २० प्रतिशत मत खसेको बाँकेका मुख्य निर्वाचन अधिकृतले बताएका छन् ।उनका अनुसार, बाँकेका १३६ मतदान स्थलका २ सय ९५ मतदान केन्द्रमा मतदान सूचारु भइरहेको छ ।बाँकेका कुनै पनि मतदान केन्द्रमा अप्रिय घटनाको भएको जानकारी छैन ।
Advertisement
यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँकेमा शान्तिपुर्ण ढंगले मतदान भइरहेको बताए ।खासगरी महिला, ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरुले विहानै मतदानमा रुचि देखाएका छन् । नेपालगन्ज आसपासका मतदान केन्द्रको स्थलगत रिपोर्टिग गरिरहेका पत्रकार काशी शर्मा भन्छन् ।
कोहलपुुरबाट फोटो पत्रकार विशाल राना भन्छन्, मतदाताहरुको लाइन मतदान केन्द्रभन्दा बाहिर थियो ।
निर्वाचन पर्यवेक्षण समिति नेपालबाट अनुगमन गरिरहेका पर्यवेक्षक प्रकाश शर्मा भन्छन्, मतदान अत्यन्त सौहार्दपुर्ण ढंगले भइरहेको छ । मतदान प्रक्रियामा अपांगता भएका व्यक्तिहरु तथा ज्येष्ठ नागरिकहरुलाई ग्राहयता दिइएको छ । मतदान स्थलमा बाहिर प्रचार सामाग्री देखिएका छैनन् ।