बझाङ जयपृथ्वी नगरपालिकाका २ केन्द्रमा शुक्रवार मतदान हुदै
प्रकाशित मिति : २०७४, १५ असार बिहीबार ०९:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बझाङ । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण बुधवार स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले शुक्रवारको लागि मतदान तोकेको हो ।
Advertisement
जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएपछि मतदान कार्य रोकिएको थियो । झडपमा कांग्रेसका उम्मेदवार प्रेम खड्का घाइते भएका थिए ।
यसैबीच, बझाङका काँडा, मस्टा र बित्थडचीर गाउँपालिकाको मतगणना जारी रहेको छ । तीनवटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ । मस्टा गाउँपालिकाको वडा नम्बर १ र ७ मा एमालेको प्यानल विजयी भएको छ ।
त्यस्तै काँडा गाउँपालिकाको वडा नम्बर १ मा पनि एमालेकै गोपाल बोहोराको प्यानल बिजयी भएको छ । यसअघि वडा नम्बर ६ मा एमालेको प्यानल निर्विरोध निर्वाचित भइसकेको छ ।