दाङका दुबै उपमहानगरपालिकामा एमालेको अग्रता
प्रकाशित मिति : २०७४, १५ असार बिहीबार २१:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । प्रारम्भदेखि नै वडा नम्वर १ र २ नम्वरको मत गणना गर्दा सम्म अग्रता कायम गरेको हो ।
Advertisement
तुलसीपुरमा बेलुकी साडे ७ बजे सम्म २११ मतले एमाले अगाडि छ । नेकपा एमालेको मेयरमा एमाले ९ सय ८४, काग्रेसको ६ सय ९९ र माओबादी केन्द्र १ सय १३ मत प्राप्त गरेका छन् ।
उपमेयर मेयरमा नेकपा एमालेमा ९ सय ८४,काँग्रेस उपमेयरमा ७ सय ३८ र माओबादी केन्द्र १ सय २० मत प्राप्त गरेका छन् । वडा नम्बर १ र २ को वडा अध्यक्षमा एमाले अगाडि छन् ।
वडा अध्यक्षमा
वडा नम्वर १ मा एमाले ६ सय ३६,काग्रेस ४ सय ४२,माओबादी ४१ र राप्रपाले ४ मत प्राप्त गरेको छ । वडा नम्वर २ मा एमाले १ सय ५१,कागे्रस १ सय ३३,माओबादी ४५ र राप्रपाले २ मत प्राप्त गरेका छन् ।
कुल ५७ हजार ३८ मत खसेको तुलसीपुरमा मेयर र उपमेयर पदका लागि हालसम्म १५ सय २७ मत गणना गरिएको छ ।
घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायम
१ र २ नम्बर वडाको १७२४ मत गनिसक्दा एमाले एक हजार ४३, नेपाली काग्रेसको मेयर ४ सय ९७ र माओवादीको मेयरले एक सय २२ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमाले एक हजार ७, नेपाली काग्रेस ५ सय २८ र नेकपा माओवादीका उपमेयरले एकसय ३१ मत प्राप्त गरेका छन् ।
लमही
नेपाली काग्रेसले मयेर पदमा ६४,उपमेयरमा ६४,एमालेले मेयरमा ४४,उपमेयरमा ४४,नेकपा माओबादी मयेर २०,उपमयेरमा २० र राष्ट्रिय जनमोर्चाले मयेरमा १९ र उपमेयरमा १९ मत प्राप्त गरेका छन् ।
विवादका कारण बबई गाँउपालिकाको मतगणना शुरु हुन सकेन
ववई गाँउपालिकामा फर्जी १ मत खसेको भन्दै बिबाद हुदा हिजो बुधबार राति सम्म बिबाद भएको थियो । तर सहमति नभए पछि बबई गाँउपालीको मतमा फर्जी खसेको भन्दै नेपाली काग्रेस र नेकपा माओबादीले मुख्य निर्वाचन कार्यालयमा मुद्धा दर्ता गर्न भएका छन् ।
विजयी
३ वटा वडा अध्यक्षमा नेकपा माओबादी, नेपाली काग्रेस र नेकपा एमालेले १ ÷ १ वटा स्थानमा जीत हासील गरेको छ । माओबादीले राजपुर गाँउपालीका वडा नम्वर १ मा माओबादीका बिष्णु बुढा विजयी हुनुभएको छ । दंङीशरण गाँउपालीका वडा नम्वर १ मा एमालेका श्रीपद चौधरी बिजयी हुनुभएको छ । यस्तै काग्रेसले वङगलाचुली गाँएपालीका वडा नम्वर १ मा पदमबहादुर खत्री विजयी हुनुभएको छ । राप्ती गाँउपालीका वडा नम्वर ९ मा अध्यक्ष पदमा नेकपा माओवादीका रीमबहादुर सुनारीले २ सय मत प्राप्त गरि बिजयी हुनुभएको छ । यस्तै गढवा गाँउपालीकाको वडा नम्वर ८ कोईलाबासको अध्यक्ष पदमा पनि माओबादीका सद्धाम सिद्धिकीले १सय ७ मत प्राप्त गरि बिजयी हुनुभएको छ । दाङका २ उपमहानगरपालीकामा नेकपा एमालेले अग्रता लिएको छ । तुलसीपुर उपमहानगरपालीका र घोराही उपमहानगरपालीकामा एमालेले अग्रता लिएको हो ।
मतगणना
राप्ती गाँउपालीका, शान्तिनगर गाँउपालीका, दंङगीशरण गाँउपालीका, गढवा गाँउपालीका, वङगलाचुली गाँउपालीका,राजपुर गाँउालीका र गढवा गाँउपालीका गयरातिदेखि भईरहेको छ । तुलसीपुर र घोराही उपमहानगरपालीकाको बिहान १० बजेदेखि शुरु भएको हो । जिल्लामा ५ सय २० जनाका लागि २३८२ जनाले उम्मेदवारी दिएका छन् । दाङमा २ लाख ९१ हजार १ सय ९३ जना मतदाता मध्ये २ लाख १८ हजार ३ सय ३९ जनाले मतदान गरेका छन् ।