डोटीको केआई सिंह गाउँपालिका: कांग्रेसको प्यानलै विजयी
प्रकाशित मिति : २०७४, १६ असार शुक्रबार १७:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डोटी । डोटीको केआई सिंह गाउँपालिकामा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ । ७ वडा रहेको यस गाउँपालिकामा ३७ पदका लागि भएको निर्वाचनमा सबै पदमा नेपाली कांग्रेस विजयी भएको हो ।
Advertisement
अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र शाहीले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत अन्तरले विजयी हासिल गरेका छन । शाहीले ३ हजार १ सय ८८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १ हजार ६ सय २६ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा कांग्रेसकै मिना विष्टले ३ हजार १ सय ७५ मत पाएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निर्मला जोशीले १ हजार ६ सय १९ मत प्राप्त गरेकी छन् ।
यस गाउँपालिकामा कांग्रेसले ७ वटै वडामा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यहरु सबैमा विजय हात पारेको छ ।