नेपालगंजमा मेयरमा राप्रपाका डा.धवल शमशेर र उपमेयरमा कांग्रेसकी उमा थापा निर्बाचित
प्रकाशित मिति : २०७४, २० असार मंगलवार ०२:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाका डा.धवल शमशेर राणा १२५१५ मत ल्याई मेयर पदमा निर्बाचित भएका छन् । राप्रपा बाट मेयर उम्मेदवार बनेका डा.राणाले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. शुरेश कुमार कनोडियालाई ३७८५ मत अन्तरले पराजित गर्दै उपमहानगरमा विजयी भएका हुन् । २० बर्ष अघिको स्थानिय निर्बाचनमा तत्कालिन नेपालगन्ज नगरपालिकामा डा. राणा एमाले पार्टीबाट मेयरमा बिजयी बनेका थिए ।
डा.धवल शमशेर राणा र उमा थापा मगर
Advertisement
त्यसैगरी उनका अन्य प्रतिद्वन्दीहरुमा माओबादि केन्द्रका दामोदर आचार्यले ६९६५ र एमालेका समसुद्दिन सिद्दिकीले ६९६५ मत ल्याएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार उमा थापा मगर १०७३१ मत ल्याउँदै निर्बाचित भएकी छिन । कांग्रेसबाट उम्मेदवार बनेकी थापाले राप्रपाकी उम्मेदवार रमारानी वैश्यलाइ १८२७ मत अन्तरले पराजित गर्दै बिजयी बनेकी हुन् ।
राप्रपाकी रमारानी वैश्यले ८९२४ मत प्राप्त गरेकी छिन ।