कैलालीको टिकापुरमा एमालेको अप्रत्यासित जित
प्रकाशित मिति : २०७४, २० असार मंगलवार ०७:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
टिकापुर । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले अप्रत्यासित जित हासिल गरेको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् ।
Advertisement
सुरुवातदेखिनै अग्रता लिएका फोरम लोकतान्त्रिकका लोटन चौधरी र बीचमा अग्रता लिएका ललितबहादुर थापालाई पछि पार्दै टपेन्द्रले ५ हजार ९५९ मत प्राप्त गरे ।
निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ललितबहादुर थापाले ५६१० मत ल्याए ।
उपमेयरमा भने नेपाली कांग्रेसकी केशरीरु विष्ट विजयी भइन् । उनले ६ हजार २३६ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले ५५५३ मत ल्याइन् ।
चौधरी बाहुल्य रहेको टिकापुर नगरपालिका संविधान जारी हुनुधन्दा एक महिनाअघि २०७२ भदौ ७ गतेको हत्याकाण्डका कारण पनि चर्चित थियो । थारु प्रदेशको माग गर्दै भएको त्यस आन्दोलनमा प्रहरी विशिष्ठ अधिकृतसहित ८ जनाको मृत्यु भएको थियो ।
सरकारले एक महिनाअघि त्यस हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरीलाई डेढ करोडभन्दा बढी क्षतिपूर्ति दिने घोषणा गरेपछि निक्कै विवाद भएको थियो । त्यसैको असरस्वरुप टिकापुरमा एमालेको उदय भयो ।