कांग्रेसको गढ दाङको लमही पनि एमाले विजयी
प्रकाशित मिति : २०७४, २० असार मंगलवार १३:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लमही । दाङको लमही नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस निर्वाचित भएका छन् । मेयरमा एमालेका कुलबहादुर केसी कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीलाई ८३ मतले हराउँदै कांग्रेसको गढ मानिने लमहीमा निर्वाचित भएका हुन्।
Advertisement
मेयरमा निर्वाचित केसीलाई ५ हजार १ सय ५२ र निकटतम प्रतिद्धन्दी काँग्रेसका चौधरीलाई ५ हजार ६९ मत प्राप्त भएको थियो। तर उपमेयरमा भने नेपाली काँग्रेसकी देवका बेलवासेले १८२ मतान्तरले विजयी भएकी छन्। बेलवासेले ५ हजार १५ मत प्राप्त गरेकी छन् भने उनीसँग पराजित एमालेकी मिना गुरुङले ४ हजार ८ सय ३३ मत प्राप्त भएको निर्वाचन अधिकृत चन्द्र बहादुर सिंजालीले सेतोपाटीलाई जानकारी दिए।
लमहीमा माओवादी केन्द्रलाई मेयरमा ४ हजार ८२ र उपमेयरमा ४हजार ४२ मत प्राप्त भएको छ । लमहीमा सुरूदेखि नै काँग्रेसले अग्रता लिएको भए पनि अन्तिममा आएर एमोलेले मेयरमा अग्रता साथ विजय प्राप्त गरेको हो। लमहीका ९ वटा वडा मध्ये १ र ५ मा एमाले , ३ मा माओवादी केन्द्र र अन्य सबै वडाहरू नेपाली काँग्रेसले जितेको छ।
लमहीमा कुल मत २४ हजार ९ सय ३६ मत खसेको थियो।