कोहलपुर नगरपालिकामा मतगणनाको पाचौ दिन आज पनि नेकपा एमालेको नै अग्रता
प्रकाशित मिति : २०७४, २० असार मंगलवार १६:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, कोहलपुर । कोहलपुर नगरपालिकामा मतगणनाको पाचौ दिन आज पनि नेकपा एमालेले नै अग्रता कामय गरेको छ । नेकपा एमालेका मेयर लुट बहादुर रावतले ६७६८ मत प्राप्त गर्नुभएको छ भने उपमेयरमा नेपाली कांग्रेसकी सन्जु कुमारी थारुले ७३८२ मत ल्याइ अग्रता कायम गर्नुभएको छ । त्यस्तै नेपाली कांगे्रसका भानुभक्त भट्राइलेले दोस्रो स्थानमा पछ्याइरहनुभएको छ । उहाँले ६६४९ प्राप्त प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी कृष्णा कुमारी थारुले ७१०४ मत प्राप्त उपमेयरमा दास्रो स्थानमा पछ्याइ रहनुभएको छ । माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ५३०८ मत प्राप्त गर्नुभएको छ भन्े उपमेयर देवी थारु ४३४९ मत प्राप्त गर्नुभएको छ ।
Advertisement
आज सम्पन्न वडा नम्वर ६ को मतगणनामा नेपाली कांग्रेसका अध्यक्षमा राम सोहन थारु सहित प्यानल नै विजयी भएको छ । भने एक जना सदस्य नेकपा एमालेबाट विजयी हुनुभएको छ । थारुले निकट्म प्रतिद्धन्दी नेकपा एमालेका श्रीराम थारुलाइ ७२ मतले पछि पादै ४२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै महिला सदस्यमा पुष्पा मल्ल ४१३, दलित महिला सदस्य पविता नेपाली ४४५, खुला सदस्यमा नेपाली कांग्रेसका मुन्सी थारु र खड्क बहादुर शाहीको समान ४३८ मत आएकाले गोलाप्रथाद्धारा खड्क शाही विजयी हनुभयो । भने अर्का खुला सदस्यमा नेकपा एमाले कुल बहादुर भट्राइ ४२२ मत प्राप्त यरी सदस्यमा विजयी हनुभयो ।
त्यस्तै कोहलपुर नगरपालिकामा हालसम्म नेकपा एमालेले ५ ओटा वडा जितेको छ । वडा नम्वर १, २,३,५,१२ र १३ वडा नेकपा एमालले जितेको छ । भने वडा नम्वर ५,६, १४ र १५ मा नेपाली कांग्रेस र वडा नम्वर ४ मा माओवादी केन्द्र विजयी भएका छन् । अहिले वडा नम्वर ५ को मतगणना भइरहेको छ । भने वडा नम्वर ७, ८,९ को मतगणना बाकी रहेको छ ।