दल दर्ता गर्न राजपा निर्वाचन आयोग जाँदै
प्रकाशित मिति : २०७४, २१ असार बुधबार १२:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बुधबारदेखि निर्वाचन आयोगमा दर्ता हुँदैछ। आयोगमा जान राजपाका नेताहरु पार्टी कार्यालय बिजुली बजारमा भेला भएका छन्।
Advertisement
सबै नेताहरु भेला भएर दिउँसो १ बजेसम्म निर्वाचन आयोग पुग्ने र पार्टी दर्ता गर्ने जानकारी राजपा नेता मनीष सुमनले दिए।
‘अाज निवेदन दर्ता हुन्छ। पार्टीको अन्तरिम विधान र घाेषणपत्र सबै अायाेगलाई बुझाउँछाैं। केन्द्रीय कमिटिकाे अन्तिम नामावली अर्काे दिन बुझाउने भएका छाै’, राजपा नेता केशव झाले भने, ‘केन्द्रीय समिति ६ सयभन्दा बढीको हुन्छ। छ पार्टीमा रहेका केन्द्रीय समिति सदस्य र पदाधिकारी राजपाकाे केन्द्रीय समितिमा रहने सहमति भएको छ।’
तराई-मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा बने पनि यो पार्टी दर्ता भएको थिएन। संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि लगायत माग पूरा नभएको भन्दै राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको छ। राजपाको आन्दोलनलाई नै ध्यानमा राखेर प्रदेश नम्बर २ को निर्वाचन पूर्वनिर्धारित असार १४ बाट असोज २ गतेलाई सारिएको छ।
संविधान संशोधन लगायत माग पूरा नभए तेस्रो चरणको निर्वाचनमा पनि भाग नलिने राजपा नेताहरुले चेतावनी दिँदै आएका छन्।
वैशाख ७ गते तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकता भएर राजपा बनेको थियो।