तुलसीपुर उपमहानगरपालिकाको अन्तीम मतपरीणाम आजै रातीसम्म आउने सम्भाबना
प्रकाशित मिति : २०७४, २१ असार बुधबार १६:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चेतन रेग्मी, तुल्सीपुर दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको अन्तीम मतपरीणाम आजै रातीसम्म आउने सम्भाबना बढेको छ । १९ वटा वडा मध्य १६ वटाको मतपरीणाम सार्बजनीक गरीएको छ भने २ वटा वडाको मतगणणा जारी रहेको छ । जारी रहेका जारी रहेका वडा नंबर १७ र १८ मध्य १७ नंबर वडाको मतगणणा अन्तीम तीर पुगेको छ भने वडानंबर १९ को मतगणणा गर्ने तयारी थालीएको छ ।
पछील्लो मतमरीणाम अनुसार प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले अगाडी देखीएको छ । उपप्रमुखमा केही समय नेपाली कांग्रेस अगाडी देखीए पनी फेरी नेकपा एमालेले अग्रता कायमै राखेको छ । वडा नंबर १३ र १४मा नेपाली कांग्रेसले जीतेको छ भने १५ र १६ मा एमाले बिजयी भएको छ । अहीले वडा नंबर १७ र १८ को मतगणणा जारी छ । यो समाचार तयार पार्दा सम्म दुबै वडामा नेकपा एमाले अगाडी रहेको छ ।
वडा न, १७ मा ४३२ मत गन्दा यमाले १९ मतले अगाडी छ । नेपाली कांग्रेसले १२४ मतप्राप्त गर्दा नेकपा एमालेले १४१ मत पाएको छ । नेकपा माओबादीले भने ८० मत पाएको छ । त्यस्तै वडा न, १८ मा १५० मत गन्दा यमले ५४ मतले अगाडी छ । नेपाली कांग्रेसले ३६ मतप्राप्त गर्दा नेकपा एमालेले ९० मत पाएको छ । तुल्सीपुरमा १९ वटा वडाहरु रहेका छन जसमा अहीले सम्म नेपाली कांग्रेसले २,५,७,८,९,१०,११ र १३ गरी ९ वटा वडा जीतेको छ भने नेकपा एमालेले १,३,४,६,१२,१५ र १६ गरी ७ वटा वडाहरुमा बिजयी भएको छ ।
दोस्रो चरणमा निर्वाचन भएका १ महानगरसहित ५ उप–महानगरपालिकाको मतगणना जारी छ । ७ उपमहानगरपालिका मध्ये बाँकेको नेपालगञ्ज र दाङको घोराही उप–महानगरपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।
Advertisement