नवनिर्वाचित मेयर, उपमेयरको भोली सपथ ग्रहण
प्रकाशित मिति : २०७४, २१ असार बुधबार १९:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई भोली(विहीवार) सपथ ग्रहण गराइदैछ ।
उपमहानगरपालिकाको परिसरमा विहान ११ वजे आयोजित समारोहबीच जनप्रतिनीधीलाई प्रमाण पत्र वितरण, शपथग्रहण तथा स्वागत गरिने कार्यक्रम तय गरिएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नवनिर्वाचित मेयर डा धवल शमशेर राणा, उपमेयर उमा थापा लगायत वडा अध्यक्षलाई प्रमाण पत्र वितरण गर्दै सपथ ग्रहण गराउनु हुने छ ।
न्यायधिश, सांसद, सरक्षा अंगका प्रमुख, विभिन्न दलका प्रमुख एवं प्रतिनीधी, पेशागत संघ संगठनका प्रमुख एवं नगरवासी समेतको उपस्थितीमा मेयर राणाले वडासदस्यहरुहरुलाई सपथ ग्रहण गराउनु हुने छ । सपथ ग्रहणपछि मेयर राणा सहित सबै पदाधिकारीलाई स्वागत गरिने उपमहानगरपालिका कार्यकारी अधिकृत भिम बहादुर कुवरले जानकारी दिनु भयो ।
मंगलबार विहान घोषणा भएको नतिजाअनुसार मेयरमा राप्रपाका राणा र उपमेयरमा काँगे्रसका उमा थापा विजयी हुनुभएको थियो । २३ वडा रहेको नेपालगञ्ज उपमहानगरमा काँगे्रसले ८ वडा, एमाले ६, माओवादीे ४ राप्रपा ३ र संघीय समाजवादी फोरमले २ वडा जितेका छन् ।त्यस्तै सपथ ग्रहण अघि नै मेयर डा.राणाले गतिलो कामको शुरुवात गर्नुभएको छ । मेयर डा.राणाले स्थानिय निर्बाचनमा विभिन्न राजनीतिक दलहरुले प्राचार प्रसारको लागि गरेका रंगरोगन लगायत पर्चा पम्प्लेटको सबै फोहर ब्यबस्थापन गर्न आदेश दिनुभएको थियो । उक्त आदेशको पालना गर्दै नगरपालिकाले यथासिघ्र सबै फोहर ब्यबस्थापन गरिसकेको राप्रपाका नेपालगंज उपमहानगरका उपाध्यक्ष सुरेश भण्डारीले जानकारी दिनुभयो ।
Advertisement