तुलसीपुर उपमहानगरको मेयर र उपमेरमा एमाले विजयी
प्रकाशित मिति : २०७४, २२ असार बिहीबार ०६:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर । तुलसीपुर उप महानगरपालिकामा एमालेका उमेदवार विजयी भएका छन । घनश्याम पाण्डेले ३९५४ अन्तरको फराकिलो अन्तरले कांग्रेसका गेहेन्द्र गिरीलाई पछि पार्दै नगर प्रमुखमा विजयी भएका छन् । पाण्डेले २२८५७ र गिरीले १८९०३ मत प्राप्त गरेका छन् ।
यहाँ माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवारको पक्षमा ८६९३ मत परेको छ ।
Advertisement
त्यसैगरी उपप्रमुखमा एमालेकि माया आचार्य विजयी भएकी छिन् । उनले ८५२ मतले कांग्रेसकी देविका नेपालीलाई पछि पार्दै जित हात पार्नु भएको हो । आचार्यले २१०३७ र नेपालीले २०१८५ मत प्राप्त गरेका छन् । माओवादीकी उपमेयर उम्मेदवार सीता ओलीले ९०५१ मत पाइन् ।उपप्रमुख आचार्य एमाले नेता स्व. श्रीमणी आचार्यकी धर्मपत्नी हुन ।
आज विहान दुई बजेतिर मत गणना सकिएको हो । विजय भएपछि पाण्डेलाई बधाई दिन दुई बजे नै नेता कार्यक्रता,सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
योसँगै दाङको सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । एमाले ६ स्थानीय तह जित्दै पहिलो बनेको छ भने, कांग्रेसले ३ र माओवादीले १ स्थानीय तह जितेका छन् ।