मृगौला चोरी प्रकरणमा न्यायिक आयोग बनाएर छानविन गरियोस्: सांसद( माओवादी केन्द्र)
प्रकाशित मिति : २०७४, २३ असार शुक्रबार १४:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं : मनमोहन मेमोरियल अस्पतालबाटै विरामीको ‘मिर्गौला चोरी’ प्रकरणले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ ।संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अपस्तालले विरामीको मिर्गौला चोरी गरेको खबरले देशवासी स्तब्ध भएको बताए । उनले भने, ‘अस्पतालको बकपत्र पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने भन्ने देखियो । यसमा कोको संलग्न छन् ? न्यायिक आयोग बनाएर छानविन गरियोस् ।’यो विषयमा छानविन नगर्ने हो भने देशमा मानव अंग तस्करको साम्राज्य चल्ने सम्भावना हुने बताए ।
Advertisement
कांग्रेस सांसद रामहरि खतिवडाले सम्मानित नेताको नाममा खुलेका अस्पतालहरुलाई व्यापारिक केन्द्र बनाएर कोही व्यक्ति धनाड्य हुने माध्यम बनाउन दिन नहुने बताएका छन् । उनले विरामीको मिर्गौला नचोरिएको वा अप्ठ्यारो स्थिति सृजना नभएको भए अस्पतालले किन सम्झौता गर्यो भन्ने प्रश्न समेत गरे ।
नुवाकोटका शिव रिमाल पत्थरीको अपरेशन गर्न मनमोहन अस्पतालमा भर्ना भएका थिए । उपचारका नाममा आफ्नो मिर्गौला चोरी भएको उनले बताएका छन् ।
तर, अस्पताल प्रशासनले भने उपचारका क्रममा गम्भीर समस्या आएपछि पीडितको मिर्गौला झिकिएको र त्यो अस्पतालमा सुरक्षित रहेको दाबी गरेको छ ।