विश्व जनसंख्या दिवसका अवसरमा आज नेपालगंजमा अन्र्तक्रिया कार्यक्रम
प्रकाशित मिति : २०७४, २७ असार मंगलवार १९:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज: आज विश्व जनसंख्या दिवसका अवसरमा आज नेपालगंजमा अन्र्तक्रिया कार्यक्रम गरीएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बांकेको आयोजनामा पत्रकारहरु संग गरीएको अन्र्तक्रिया कार्यक्रमकाममा कार्यालयका तथ्यांक सहायक युवराज अधिकारीले जनसंख्या बृद्धिदरका बिषयमा कार्यपत्र पत्रस्तुत गर्नुभएको थियो । तथ्यांक अनुसार बांकेमा ४ लाख ९१ हजार ३ सय १३ जनसंख्या रहेको छ । दिवसका अवसरमा बांकेमा यसअघि विकसित राष्ट्र र ससत्तिकरणका लागि परिवार नियोजनको भुमिका बिषयमा अन्र्तर विद्यालय स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न गरीएको थियो । आज प्रतियोगिताका विजयिहरुलाई पुरस्किृत गरीएको जिल्ला जनस्वास्थ्य कार्यालय बांकेका प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको कार्यकारी परिषद्बाट अनुमोदन भएपछि प्रत्येक वर्षको जुलाइ ११ मा यो दिवस मनाउने गरिएको छ । यसवर्ष ‘व्यवस्थित परिवारः समृद्ध राष्ट्रको आधार’ भन्ने नारासहित यो दिवस मनाईएको हो।
Advertisement