यसरी हुदैछ निर्बाचन क्षेत्रको निर्धारण
प्रकाशित मिति : २०७४, २७ श्रावण शुक्रबार ०९:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज:प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धाण गर्न गठन भएको आयोगले जनसंख्या र भूगोलका आधारमा पहिले कायम २४० निर्वाचन क्षेत्रलाई नयाँ संविधानको व्यवस्था अनुसार एक सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरेको हो । प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको संख्या लगभग टुंगो लगाएको छ ।
Advertisement
आयोगले निर्धारण गरेको संख्यामा सबै भन्दा बढी प्रदेश ३ मा ३३ वटा निर्वाचन क्षेत्र तोक्ने गरी छलफल भएको छ । त्यसपछि २ नम्बर प्रदेशमा ३२, र १ नम्बर प्रदेशमा २८ वटा क्षेत्र निर्धारण गर्ने लगभग सहमति भएको बताइएको छ । प्रदेश ४ मा १८, प्रदेश ५ मा २६, प्रदेश ६ मा १२ र प्रदेश ७ मा १६ निर्वाचन क्षेत्र रहने बताइँदैछ । सबै भन्दा कम ६ नम्बर प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र निर्धारण हुने बताइएको छ ।
निर्वाचन आयोगले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिनु पर्ने बताइरहेको छ । क्षेत्र निर्धारण आयोगले आउँदो भाद्र पहिलो साता प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ । प्रतिनिधि सभाको क्षेत्र निर्धारण पछि आयोगले प्रदेश सभाको क्षेत्र निर्धारण गर्ने छ ।
नेपालको संविधानमा प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र बराबर प्रदेश सभाको दुई निर्वाचन क्षेत्र हुने उल्लेख छ । आयोगले संवैधानिक व्यवस्थालाई मूल आधार बनाएर क्षेत्र निर्धारणको कानुन अनुसार काम गरिरहेको छ ।