भारतबाट अभैद रुपमा औषधि भित्र्याएका ३ जना बिरुद्द बाँके जिल्ला अदालतमा मुद्दा दायर
प्रकाशित मिति : २०७४, २७ श्रावण शुक्रबार १८:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज: औषधि व्यवस्था विभाग नेपालगन्ज कार्यालयले आज बाँके जिल्ला अदालतमा तिनजनाविरुद्ध मुद्धा दायर गरेको छ । साउन १४ गते जमुनाह नाका हुँदै भारतबाट अवैद रुपमा भित्र्याउँदै गरेको औषधि सहित पक्राउ परेका तिन जना विरुद्ध मुद्धा दायर गरिएको हो । दैलेखका खगेन्द्र शाहि, हरिकला शाहि र लोकेन्द्र शाहिलाई विभागले ३४ प्कारका ३ कार्टुन औषधि बरामद गरेको थियो ।
Advertisement
पक्राउ परेको १३ दिनसम्म अनुसन्धानपछि उनीहरुलाई आज जिल्ला अदालतमा अवैद्य औषधि ओसारपसार ऐनको दफा ९ र १० बमोजिम मुद्धा दायर गरिएको हो । विभागका अनुसन्धान अधिकृत प्रविण तिमील्सेनाका अनुसार उनीहरुले दैलेखमा अवैद्य रुपमा औषधि पसल पनि सन्चालन गरेको पाइएको छ । यस घटनापछि अन्य औषधि पसहरु पनि अवैद्य रुपमा सन्चालनमा रहेको आशंकामा नेपाल प्रहरी र स्थानिय प्रशासनको समन्वयमा निगरानी बढाइएको विभाग प्रमुख निनु श्रेष्ठले जानकारी दिनुभयो ।