चिस्यानका कारण बाँकेका बाढी प्रभावित क्षेत्रमा विभिन्न खाले संक्रमणहरु देखिन थाले
प्रकाशित मिति : २०७४, १० भाद्र शनिबार ११:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाँके: बाँकेको बाढी प्रभावित क्षेत्रका स्थानियमा चिस्यानका कारण विभिन्न खाले संक्रमणहरु देखिन थालेका छन् । बाढिका कारण विस्थापित भएका र घरभित्र समेत बाढि पसेका घरमा बस्ने स्थानियहरुमा छालासँग सम्बन्धित विभिन्न खाले संक्रमण देखि थालेको स्थानियहरुले बताएका छन् । यससँगै उनीहरुमा झाडापखाला र भाईरल ज्वरोको प्रकोप पनि देखा परेको छ । राप्तिसोनारी गाउँपालिका ७ वडाध्यक्ष रामलखन थारुले आफ्नो वडाका ४ सय वढि बाढि प्रभावितहरुको छालामा विभिन्न खाले संक्रमण देखिएको बताउनुभयो । त्यस क्षेत्रमा रेडियो सद्भाव र जेस्चर्स अफ काईन्डनेस ग्रुपले संयुक्त रुपमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरले राहत पुगेको थारुले बताउनुभएको छ ।
Advertisement
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खड्काले अहिलेसम्म संक्रमण भएकोवारे आफुकहाँ जानकारी नआएको बताउनुभयो । कुनै ठाउँमा त्यस्तो संक्रमण देखिएका जानकारी गराउन खड्काले आग्रह गर्नुभएको छ ।