घरदैलो र चुनावी सभाले बाँकेमा रौनक बढ्यो
प्रकाशित मिति : २०७४, १२ मंसिर मंगलवार ११:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १२ मंसिर ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ९ दिन मात्र बाँकि रहँदा बाँकेमा उम्मेदवारहरुको बढ्दो घरदैलो र चुनावी सभाले रौनक बढाएको छ । निर्वाचनको मिति संघारमै आउँदा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको घरदैलो र चुनावी सभा तिब्र बन्दै गएको छ ।
Advertisement
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेल आज दिनभर (मंगलबार) कोहलपुर नगरपालिका वडा नम्बर १० एकतानगरमा घरदैलोमा व्यस्त रहने प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले आफू राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ७ फत्तेपुरमा घरदैलोमा रहेको बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजादसंगै डुडुवा गाउँपालिका वडा नम्बर २ का विभिन्न गाउँहरुमा आफूले घरदैलो गरिरहेको प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिले जानकारी दिनुभयो । प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमालको बसपार्क क्षेत्र, गणेशपुरमा घरदैलो र नेपालगञ्जको वडा नम्बर ३ र ११ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम रहेको प्रचारप्रसार संयोजक सुनिलसिंह हमालले बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाह आज (मंगलबार) राधापुरको घरदैलो र एल गाउँको कोणसभामा व्यस्त रहने प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताउनुभयो । प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारु बैजानाथ गाउँपालिका वडा नम्बर ७ पेडारीमा घरदैलोमा रहेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले जानकारी दिनुभयो ।