देउवा र गच्छदारले बनाए नयाँ रेर्कड
प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार १४:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २७ मंसिर । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै क्षेत्रको परिणाम सार्वजनिक भएको छ।
Advertisement
यो चुनावबाट १६५ जना सांसद निर्वाचित भएका छन्। ती १६५ जनामध्ये २ जना मात्र यस्ता सांसद छन्, जसले अहिलेसम्म भाग लिएका सबै चुनाव जितेका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट र उपप्रधानमन्त्री विजय गच्छदारले सुनसरी–३ बाट चुनाव जितेपछि उनीहरू छैठौं पटक संसदमा पुगेका छन्।
नेपालको संसदीय चुनावमा यो उनीहरुको रेकर्ड हो। उनीहरुले २०४८, २०५१, २०५६ का आमनिर्वाचन र २०६४ र २०७० का संविधान सभा चुनाव जितेका छन्।
पाँचौ पटकसम्म संसदमा पुगेका कांग्रेसका अर्का नेता रामचन्द्र पौडेल भने यसपालि पराजीत भएका छन्।