८० सिट जित्दै एमाले बन्यो पहिलो दल
प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार १४:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २७ मंसिर । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।
Advertisement
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एमाले का ८०, माओवादी केन्द्रका ३६, कांग्रेसका २३, राष्ट्रिय जनता पार्टी नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।
नयाँ शक्ति शक्ति पार्टी नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन् ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एमालेका १६८, माओवादी केन्द्रका ७३, कांग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी नेपालका २, राष्ट्रिय जनमोर्चाका २, नेपाल मजदुर किसान पार्टी १ जना निर्वाचित भए । प्रदेशसभातर्फ १७ जना महिला उम्मेदवार विजयी भएका छन् ।
समानुपातिकमा पनि हालसम्म ५६ लाख ८९ हजार ८५९ मतगणना हुँदा एमाले अग्रस्थानमा रहेको छ ।