अब मात्रै १८ लाख समानुपातिक मत गन्न बाँकी
प्रकाशित मिति : २०७४, २९ मंसिर शुक्रबार १०:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २९ मंसिर । गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
Advertisement
प्रत्यक्षतर्फको मतगणना सकिसकेको आयोगले समानुपातिक तर्फको गणना पनि अन्तिम चरणमा पुर्याएको हो
निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान ९ बजेसम्म समानुपातिकको ८७ लाख १७ हजार ८१४मत गनिसकिएको छ । अब मात्रै १८ लाख ६९ हजार ७०७ मत मात्रै गन्न बाँकी रहेको छ । निर्वाचनमा कूल १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो ।
मतगणना अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनु पनर््े कारण यी ५ दल नै राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ ।
राप्रपा, विवेकशील साझा पार्टी, नेमकिपा, नयाँ शक्ति नेपाल जस्ता दलले थ्रेसहोल्न कटाउने सम्भावना लगभग सकिएको छ ।